• २१ असोज २०८३, बुधबार
  • ८ः०० बिहान

अनलाइन मार्फत हुने बाल यौन शोषणका विरुद्धमा निर्मम भएर लाग्न आवस्यक : शान्ति पुनस्र्थापना गृह

प्रकाशित मिति

२०८० कार्तिक १७ गते, शुक्रबार ०९:१८


२०८० कात्तिक १७, शुक्रबार: नेपालमा बाल यौन शोषण विरुद्धको अभियानलाई तालिम र गोष्टीमा सिमित गर्ने नभई सिकेका शैद्धान्तिक कुरालाई व्यवहारमा लागु हुनेगरि परिणामुखी काम गर्न आवस्यक रहेको शान्ति पुनस्र्थापना गृहले बताएको छ । तीन दशक भन्दा लामो समयदेखि मानव बेचबिखन तथा ओसारपोसारका विरुद्धमा काम गर्दै आएको संस्थाले नेपालमा बालबालिका प्रति हुने यौन शोषणका विरुद्धमा निर्मम भएर काम गर्नुपर्नेे बताएको हो ।

National Life

बाल यौन शोषणका आयामहरु बद्लिएसँगै जोखिमहरु पनि बढ्दै गएको संस्थाले औँल्याएको छ । अनलाइन मार्फत हुने बाल यौन शोषण पछिल्लो समय चुनौतीको रुपमा देखापरिरहेको संथाले बताएको छ । अनलाइन मार्फत हुने बाल यौन शोषणका विरुद्धको अभियानलाई शक्रिय बनाउन संस्थाले काठमाडौंमा ३ दिने तालिम संचालन गरेको छ । तालिम समापनपछि बोल्दै संस्थाकी अध्यक्ष शान्ता सापकोटाले जिवन नै तालिम रहेको भन्दै हरेक समय सिक्दै समाजको रुपान्तरणमा भूमिका खेल्न आवस्यक रहेको बताइन ।

तालिममा सहभागि भएकाहरुले बालबालिकालाई यौन शोषण र हिंसाको शिकारबाट जोगाउन जे जति कामहरु भैरहेका छन् त्यो पर्याप्त नभएको र यस्ता तालिम र गोष्टीहरुले यस्ताप्रकारका हिंसाका विरुद्धमा काम गर्न थप उर्जा प्राप्त हुने बताएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

ल्यान्टर्न रेस्युव फाउन्डेसनको आर्थिक तथा टेनिङ पाट्नर इकमेकको सहयोगमा संस्थाले अनलाइन मार्फत हुने बाल यौन शोषणलाई न्यूनिकरण गर्न सहज हुने उदश्यले विभिन्न क्षेत्रका विषय विज्ञहरुलाई तालिम उपलब्ध गराएको हो ।
तालिममा महान्यायाधिवक्ताको कार्यलयबाट, काठमाडौ ललितपुर र भक्तपुर जिल्ला सरकारी वकीलहरु, नेपाल प्रहरीको साइवर व्यरो, एन्टी ह्युमन ट्राफिकिङ व्यूरो, सिआइबी, नेपाल प्रहरीको महिला वालवालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयबाट प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

संस्थाले संचालन गरेको तालिम नेपाल प्रहरी र महान्यायधिवक्ता कार्यालयलाई नेपालमा छायामा परेको बाल यौन शोषणको मुद्धाको अनुसन्धान र अभियोजनको विषयलाई महत्व दिनुपर्ने र त्यसका विधिहरु उपर सहजिकरण गरि क्षमता अभिवृद्धि गर्न केन्द्रित भएको थियो ।

बालिबालिका यौन हिंसा र शोषणमा सहजै पर्न सक्ने भएकाले उनिहरुको हेरचाह र सुरक्षामा विशेष ध्यान दिनुपर्ने संस्थाले उल्लेख गरेको छ । बालबालिका कति सुरक्षित छन् भन्ने कुराले समाजको सभ्यतालाई दर्शाउने भएकाले बालबालिकालाई यौन तथा अन्य प्रकारका शोषण हुनबाट जोगाउन समाजका हरेक पक्षले ध्यान दिन आवस्यक रकेको संस्थाले बताएको छ ।

प्रतिकृया