• 9:26 am

विमानस्थलमा झगडा गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन

प्रकाशित मिति

२०८० कार्तिक १७ गते, शुक्रबार ०१:२२

कात्तिक १७, २०८० काठमाडौँ: नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले रामेछापको मन्थली विमानस्थलमा झगडा गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन गरेको छ ।


पाइलटद्वय सन्जीव श्रेष्ठ र सन्तोष शाहको लाइसेन्स निलम्बन गरेको जनाएको छ । प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार उडान सुरक्षा मापदण्ड उल्लंघन गरेपछि श्रेष्ठ र शाहको लाइसेन्स निलम्बन गरिएको हो ।


थप अनुसन्धानपछि लाइसेन्स खारेज गर्ने अथवा अन्य कारबाही गर्ने भन्ने विषयमा निर्णय गरिने भुलले जानकारी दिए ।

प्रतिकृया