• ९ असोज २०८३, शुक्रबार
  • ९ः५९ राती

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङमार्फत पहिलो पटक आईपीओ निष्कासन गर्दै

प्रकाशित मिति

२०८० कार्तिक १७ गते, शुक्रबार ०१:२६

कात्तिक १७, २०८० काठमाडौँ: सर्वोत्तम सिमेन्ट लिमिटेडले योग्य संस्थागत लगानीकर्ताहरूलाई प्राथमिक सेयर (आईपीओ) बुक बिल्डिङमार्फत खुला गर्ने भएको छ । आउँदो मंसिर ६ गतेदेखि बोलपत्र खुला गर्ने भएको हो । यो बुक बिल्डिङ प्रक्रियामार्फत निष्कासन भएको पहिलो आईपीओ हो ।

National Life

कम्पनीले जारी पुँजी चार अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो ।

पहिलो चरणमा कम्पनीले ४० प्रतिशत अर्थात् २४ लाख कित्ता सेयर योग्य संस्थागत लगानीकर्तालाई आईपीओ निष्कासन गरेको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जानकारी दिएको छ । सुरुमा बिक्री मूल्य सीमा ५०१ रुपैयाँदेखि ७५१ रुपैयाँ रहेकोमा परिमार्जन गरी बिक्री मूल्य सीमा ४०१ रुपैयाँदेखि ६०१ रुपैयाँ कायम गरिएको आह्वानपत्रमा उल्लेख छ ।

Classic Tech Mobile
Classic Tech Desktop

कम्पनीले नेप्सेले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा योग्य संस्थागत लगानीकर्ताहरूलाई सहभागी गराई परिमार्जित बिक्री मूल्यको सीमा भित्र रही बोलकबोलमार्फत सेयर बिक्री गर्न मंसिर १० गतेसम्म समय तोकेको छ । योग्य संस्थागत लगानीकर्ताहरूले नेपाल स्टक एक्सचेन्जको कार्यालयमा बोलपत्र आवेदन फाराम रितपूवर्तक भरी शिलबन्दी गरिएको फाराम बुझाउनु पर्नेछ ।

बोलपत्र पेस गर्ने अन्तिम मितिको भोलिपल्ट धितोपत्र बजारले योग्य संस्थागत लगानीकर्ताहरूलाई निष्कासित धितोपत्र पूर्ण रूपमा बिक्री हुने गरी प्राप्त बोलकबोलको कट अफ मूल्य निर्धारण भएको जानकारी गराउने बताइएको छ ।

सेयर निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ त्रिपल बी प्रदान गरेको छ । यो रेटिङले कम्पनीको वित्तीय दायित्व बहन क्षमता मध्यम स्तर रहेको जनाउँदछ ।

कम्पनीको वास्तविक वित्तीय विवरण २०७८/०७९ मा ४६ करोड ७६ लाख रुपैयाँ नाफा गरेको छ । उक्त अवधिसम्म कम्पनीको नेटवर्थमा औषत प्रतिफल ६ रुपैयाँ ७२ पैसा छ ।

प्रतिकृया