• 7:54 am

एउटा जनप्रतिनिधिले आवाज उठाउँदा पक्राउ पर्छ भने यो देशमा कहाँ छ लोकतन्त्र ?: सिके राउत

प्रकाशित मिति

२०८० कार्तिक १६ गते, बिहीबार ०४:५७

कात्तिक १६, २०८० काठमाडौँ : जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले देश टाइटनिक बोट जस्तै डुबिरहेको बताउनुभएको छ । बिहीवारको प्रतिनिधि सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शीर्ष तहका नेताहरुले विदेशी इन्स्योरेन्सको पैसा आउँछ भनेर देशलाई डुबाइरहेको उल्लेख गर्नुभयो । उहाँले प्रतिशोध साँध्नका लागि सरकारबाट पक्राउ गर्नेकुरा राम्रो नभएको बताउनु भयो ।


उहाँले देशमा जनताका लागि लोकतन्त्र नभएको बताउनु भयो । उहाँले अध्याँरो कोठामा तीन जना नेताले गरेको निर्णयलाई सार्वभौम सत्ता सम्पन्न भन्न नसकिने बताउनु भयो । उहाँले चियापान समारोहमा बोलाएर नयाँलाइ सक्ने भाषण दिनु ठूला दलको लाचारीपन भएको बताउनु भयो ।


उहाँले भन्नुभयो, ‘एउटा जनप्रतिनिधि आवाज उठाउँदा पक्राउ पर्छ भने यो देशमा कहाँ छ लोकतन्त्र ? प्रतिशोध साँध्नका लागि सरकारबाट पक्राउ पर्छ कोही भने यो देशमा जनताका लागि कहाँ छ लोकतन्त्र ? सत्ता पक्षकै मान्यज्युको लागि यहाँ लोकतन्त्र छैन । आम जनताको लागि लोकतन्त्र कहाँ छ ? संशोधन के हुने ? कुन विधेयक पारित हुने त्यो त अध्याँरो कोठामा तीन जना नेताले गर्छन् । ती तीन नेता सार्वभौम सत्ता सम्पन्न भए की यो संसद ? यस्तै संसद चल्ने हो भने व्यवस्थामाथि प्रश्न गर्ने पर्याप्त आधार छन् ।’


‘३४ वर्षदेखि कहाँ पुगिसक्यो देश ? त्यो हेरेका छैनौँ । तर नयाँ शक्तिलाई लक्षित गर्छौं, चियापान समारोहमा बोलाउँछौँ र त्यहाँ भन्छाँै यी नयाँलाई त हामी भष्म पार्दिन्छौँ भन्छौँ कस्तो खालको आक्रोश हो ? आफू भित्र समीक्षा गर्न सक्नुहुन्न । जनताको आवाज उठेपछि त्यो सुन्नुपर्छ । जनतको कुरा उठेपछि बत्ती बल्छ, लामो भाषण गर्दा केही हुँदैन थियो । देश टाइटनिक डुबे जस्तै डुब्दैछ । यो डुबाउने चालकहरु नै हुन् । जसले विदेशी इन्स्योरेन्सको पैसा आउँछ भनेर देशलाई डुबाइरहेका छन् । आफू सुरक्षित रुपमा टाइटनिक बोटमा जोगिरहेका छन् ।’


अध्यक्ष राउतले संसद यसरी नै चलिरहे व्यवस्थामाथि प्रश्न गर्ने पर्याप्त आधार रहने बताउनु भयो ।

प्रतिकृया