गुटेरेसले आज संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गर्दै
प्रकाशित मिति
२०८० कार्तिक १४ गते, मंगलवार १०:२७
कात्तिक १४, २०८० काठमाडौँ: संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गर्दैछन्।
प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा दिउँसो ४ बजे गुटेरेसले सम्बोधन गर्न लागेका संसद सचिवालयले जानकारी दिएको छ। बैठक आरम्भ भएसँगै गुटेरेसले सम्बोधन गर्ने कार्यसूची छ।
उनको सम्बोधनलगत्तै बैठकले धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्नेछ। संघीय संसद् सचिवालयले नियमित बैठकहरूको जस्तै महासचिव गुटेरेसको सम्बोधनको अभिलेख राख्नेछ ।
बैठकको तयारी अन्तिम चरणमा पुगिसकेको सचिवालयको भनाई छ। साजसज्जालगायत सबै तयारी पूरा भएको संसद सचिवालयले जनाएको छ।
Related
Recent News
- ६ महिनामा कांग्रेस-एमाले सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेकाे विपक्षी दलहरुकाे आरोप
- छ जना प्राविधिक प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
- आईटी उद्योगको विस्तारका लागि लगानी सहजीकरण गर्ने चेम्बरको तयारी
- गृह मन्त्रालयले दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियालाइ अघि बढाउँदै
- राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण
- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय
- भीम रावलले राखे नयाँ पार्टीको नाम
- काठमाडौँ महानगरलाई दुग्ध विकास संस्थानले एकैपटक तिर्यो ३१ वर्षको सम्पत्ति कर
- रास्वपाको कार्यवाहक प्रवक्ताको जिम्मेवारी प्रतिभा रावललाई
- अहिलेको अध्यादेश प्रतिस्थापन गर्ने कानून बन्दा गैरआवासीय नेपालीलाई नेपालमा आवत–जावत तथा बसोबास गर्दा भिसा नचाहिने कानून बनाउँछौँ : गृहमन्त्री लेखक
प्रतिकृया