• ११:२१ २०८० फाल्गुन १३ गते
  • 11:21 am

आईसीसी ट्वान्टी–२० : नेपाल र मलेसियाबिचको प्रतिस्पर्धा हुँदै

प्रकाशित मिति

२०८० कार्तिक १४ गते, मंगलवार ०९:१९

cricket 1 e1698723241437

कात्तिक १३, २०८० काठमाडौं : आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा आज नेपाल र मलेसिया आपसमा प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिताको दोस्रो खेलमा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ः१५ बजेदेखि सुरु हुनेछ ।


नेपालले प्रतियोगिताको पहिलो खेलमा सोमबार सिंगापुरविरुद्ध आठ विकेटको सहज जित निकालेको थियो ।


सोमबारदेखि सुरु भएको प्रतियोगितामा नेपालसहित कुल आठ टिम सहभागी छन् । नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन् । समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), बहराइन, हङकङ र कुवेत छन् ।


प्रत्येक समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् । यो छनोटबाट फाइनलमा पुग्ने दुई टिम आउँदो वर्षको विश्वकपमा छनोट हुनेछन् ।

प्रतिकृया