• १६ भदौ २०८३, बुधबार
  • १२:०६ बेलुका

टोखा चण्डेश्वरी अस्पताललाई थाईराइड हर्मोन भिटामिन बि१२ भिटामिन डि प्रयोगशाला Coulter मेसिन टोखा अस्पताललाई हस्तान्तरण

प्रकाशित मिति

२०८० कार्तिक १३ गते, सोमबार १२:१८

कात्तिक १३, २०८० काठमाडौँ: टोखा चण्डेश्वरी अस्पताललाई CLIA (थाइराइड हर्मोन भिटामिन बि१२ भिटामिन डि प्रयोगशाला) Coulter मेसिन प्रयोगशालाका उपकरण हस्तान्तरण गरिएको छ।


हिजाे एक कार्यक्रमकाे आयोजन गर्दै प्रदेश स्वास्थ्य मन्त्रालयका स्वास्थ्य मन्त्री उत्तम जोशी र सांसद प्रदिप पौडेलको समुपस्थितिमा संयुक्त रुपमा CLIA (थाइराइड हर्मोन भिटामिन बि१२ भिटामिन डि प्रयोगशाला) Culture मेसिन टोखा चण्डेश्वरी अस्पताललाई हस्तान्तरण गरेका हुन।

Kamana Sewa

कार्यक्रमका आयोजक बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य प्रयोगशाला धुलिखेलले गरेको थियो। कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री उत्तम जोशी एवं विशिष्ट अतिथि संघीय सांसद प्रदिप पौडेल रहेको थिए। कार्यक्रमका सभाध्यक्ष अस्पतालका अध्यक्ष युथ मर्हजन रहेका थिए।

Classic Tech Desktop

टोखा नगरमा पछिल्लो समय क्यान्सरका बिरामी देखिएकाले सांसद पौडेलले टोखा क्षेत्रका स्थानीय बासिन्दालाई सुविधा सम्पन्न क्यान्सर स्कृनिङ ल्याब स्थापना गर्न पहल गर्ने प्रतिबद्धता जनाएका थिए । उक्त प्रतिबद्धता अनुसार क्यान्सर जाँच मेसिन माग गरिएको पौडेलले बताए। पौडेलकै पहलमा लायन्स क्लबले अस्पताललाई प्रयोगशाला उपकरण उपलब्ध गराएको हो।


साेहि कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्री जोशीले सांसद पौडेलकै जोडका कारण टोखा अस्पतालमा प्रयोगशाला उपकरण भित्रिएको बताए। उपकरण भित्रिएसँगै ‘पैसा नभएकै कारण आम जनताले कुनै रोगको उपचार गर्न नपाउने परिपाटीको अन्त्य हुनुपर्छ,’ उनले भने।

प्रतिकृया