• २१ भदौ २०८३, आइतबार
  • १ः१५ राती

काभ्रेको बेथानचोकमा जीप दुर्घटना हुँदा ११ जना घाइते

प्रकाशित मिति

२०८० कार्तिक १२ गते, आईतवार ०४:४०

कात्तिक १२, २०८० काठमाडौँ: काभ्रेको बेथानचोकमा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । बेथानचोक–१ निगालेको तालढुंगाबाट बेथानचोकतर्फ आउँदै गरेको बा १४ च ७०७७ नम्बरको बोलेरो जीप सडकमा पल्टिँदा ११ जना घाइते भएको प्रहरीले जनाएको छ ।

National Life

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार घाइतेहरुलाई उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। जीपमा १८ जना यात्रु रहेका थिए ।

ब्रेक फेल भएर जीप दुर्घटना भएको प्रहरीको भनाइ छ ।

Classic Tech Desktop

प्रतिकृया