• १०:५७ २०८० फाल्गुन १३ गते
  • 10:57 am

विश्वकप इतिहासमै अस्ट्रेलियाको सर्वाधि फराकिलो जित, म्याक्सवेलको कीर्तिमानी इनिङ

प्रकाशित मिति

२०८० कार्तिक ९ गते, बिहीबार ०७:०५

worldcu

कात्तिक ९, २०८०, काठमाडौं: एकदिवसीय विश्वकपमा अस्ट्रेलियाले नेदरल्यान्ड्समाथि कीर्तिमानी जित हासिल गरेको छ। विश्वकप इतिहासमै सर्वाधिक फराकिलो रन अन्तरको जित निकाल्ने क्रममा अस्ट्रेलियाले नेदरल्यान्ड्सलाई ३ सय ९ रनको फराकिलो अन्तरले पराजित गर्‍यो। लगातार तेस्रो जितसँगै अस्ट्रेलिया ६ अङ्कका साथ अङ‍्क तालिकाको चौंथो स्थानमा उक्लियो।

यसअघि विश्वकप इतिहासमा २०१५ अस्ट्रेलियाले अफगानिस्तानलाई २ सय ७५ रनले हराएको जित सर्वाधिक फराकिलो जितका रुपमा रहेको थियो। त्यस्तै भारतले बर्मुडालाई २००७ मा २ सय ५७ रन तथा अस्ट्रेलियाले नामिबियालाई २००३ मा २ सय ५६ रनले हराएको थियो।

नेदरल्यान्ड्स विरुद्ध पहिले ब्याटिङ गर्दै अस्ट्रेलियाले ४०० रनको उच्च स्कोर बनाउँदा दुई खेलाडीले शतक र दुई खेलाडीले अर्धशतक प्रहार गरे। अस्ट्रेलियाले टस जितेरर पहिले ब्याटिङ गर्दै ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ९९ रनको विशाल लक्ष्य बनाएको थियो।

नयाँ दिल्लीको अरुण जेट्ली स्टेडियममा बुधबार भएको खेलमा ग्लेन म्याक्सवेलले १०६ रनको शतकीय इनिङ खेले। उनले विश्वकपमा सर्वाधिक चाँडो शतकको कीर्तिमान बनाए। उनले ४० बलमा शतक पुरा गरेका थिए।

यसअघि यो कीर्तिमान एडन माक्रमको नाममा रहेको थियो। उनले ४९ बलमा शतक बनाएका थिए। त्यसअघि ओपनर डेभिड वार्नरले ९३ बलमा १०४ रनको शतकीय इनिङ खेलेका थिए। त्यस्तै मार्नस लबुसेनले ६२ रन बनाउँदा स्टिभ स्मिथले ७१ रनको अर्धशतकीय इनिङ खेले। त्यस्ते जो इंग्लिसले १४ तथा कप्तान प्याट कमिन्सले १२ रनको अविजित इनिङ खेले। नेदरल्यान्डसका लागि लोगन भान बेकले ४ विकेट लिंदा बास ८ लिडले २ र आर्यान दतले १ विकेट लिएका थिए।

४ सय रनको विशाल लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले राम्रो सुरुवातका बाबजुत २१ ओभलरमा ९० रनमानै अलआउट भयो। पहिलो विकेटका लागि २८ रनको साझेदारी गरेको डच टोली थप ६२ रन जोड्दा आफ्ना सम्पूर्ण विकेट गुमाउन बाध्य भयो। विक्रमजित सिंहले २५ रन बनाउँनु सर्वाधिक रह्यो। अन्य खेलाडीको प्रदर्शन भने गतिलो रहेन। अस्ट्रेलियाका लागि एडम जाम्पाले ४ विकेट लिंदा मिचेल मार्सले २ तथा मिचेल स्टार्क, जोस ह्याजलवुड र प्याट कमिन्सले समान १-१ विकेट लिए।

प्रतिकृया