• २१ असोज २०८३, बुधबार
  • ८ः०० बिहान

एनआरएनए अध्यक्ष पदमा महेश श्रेष्ठलाई समर्थन गर्दै रबिना थापाले लिइन् उम्मेदवारी फिर्ता

प्रकाशित मिति

२०८० कार्तिक २ गते, बिहीबार १२:३३

कात्तिक २, २०८० काठमाडौ : गैरआवासीय नेपाली संघको २०२३–२०२५ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएकी रविना थापाले अध्यक्षका उम्मेदवार महेशकुमार श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन्।

National Life

वर्तमान अध्यक्ष समेत रहेकी थापाले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै संघलाई एकताबद्ध गर्नकै लागि अध्यक्षका उम्मेदवार श्रेष्ठको टिमलाई सहयोग गर्ने घोषणा गरेकी हुन्।


थापाले वर्तमान उपाध्यक्ष श्रेष्ठले आफू निर्वाचित भएको तीन महिनाभित्रै संघलाई एकतावद्ध गर्ने स्पष्ट कार्य योजना अगाडि सारेकाले त्यसको स्वागत र समर्थन गरेको बताएकी छन्।

Classic Tech Mobile
Classic Tech Desktop

संघभित्र एकता पक्षधर बलियो बन्नु भनेको संघलाई नै बलियो बनाउनु हो। त्यसैले मैले अध्यक्ष पदका उम्मेदवार श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी स्थगित गर्ने निर्णय गरेको जानकारी गराउन चाहन्छु। साथै, अध्यक्ष पदका उम्मेदवार महेशकुमार श्रेष्ठ तथा उहाँको भिजन र एजेन्डाप्रति समर्थन जनाउने सम्पूर्ण साथीलाई मतदान गरी विजयी बनाउन पनि सम्पूर्ण डेलिगेट्स मित्रलाई आग्रह गर्दछु,’ थापाले भनेकी छन्।


२०२१–२०२३ कार्यकालका लागि सहमतिको आधारमा अध्यक्षमा चयन भएकी थापाले निर्वाचित अध्यक्ष भएर दोश्रो कार्यकाल पनि चलाउने वाचा गर्दै उम्मेदवारी दिने बताएकी थिइन्। तर, अध्यक्षका उम्मेदवार श्रेष्ठ र उनको टिमसँग सघन वार्तापछि उनले उम्मेदवारी फिर्ता लिने घोषणा गरेकी हुन्।

प्रतिकृया