• २१ असोज २०८३, बुधबार
  • ८ः०७ बिहान

कुमारी बैंकको ५ अर्ब रुपियाँको ऋणपत्र आजदेखि निष्काशन खुला

प्रकाशित मिति

२०८० कार्तिक २ गते, बिहीबार १२:४३

कात्तिक २, २०८० काठमाडौँ: कुमारी बैंकले आजदेखि पाँच अर्ब रुपियाँ बराबरको ऋणपत्र निष्काशन गरेको छ । प्रतिइकाई १ हजार रुपियाँमा ५० लाख इकाई ऋणपत्र जारी गरेको बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ ।

National Life

बैंकले १० वर्ष अवधिको ‘१० प्रतिशत केबीएल डिबेन्चर २०९०’ जारी गरेको हो । ऋणपत्रका लागि छिटोमा कात्तिक १२ गतेसम्म ढिलोमा कात्तिक १६ गतेसम्म आवेदन दिन पाइने छ ।


यसमध्ये ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी २० लाख इकाई सर्वसाधारणका लागि खुला हुने र यसमध्ये १ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया