• ११ असोज २०८३, आइतबार
  • ११ः३२ राती

कोशी प्रदेशकाे मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

प्रकाशित मिति

२०८० कार्तिक १ गते, बुधबार ०८:५१

कात्तिक १, २०८०, मोरङ : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार विश्वासको मत लिँदैछन् । असोज २८ गते घटस्थापनाका दिन मुख्यमन्त्रीको शपथग्रहण गरेका कार्कीले तीन दिनपछि आज प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् ।

National Life

संविधानको धारा १६८ को उपधारा ५ अन्तर्गत बहुमत पुर्‍याएर मुख्यमन्त्री बनेका कार्कीले प्रदेशमा कम समयमा विश्वासको मत लिने भएका हुन् । विश्वासको मतका लागि ३० दिनको समयसीमा रहँदै गर्दासमेत कम समयमै विश्वासको मत लिन कार्की तयार भएका छन्। उनले चाडपर्वले घेरिसकेको अवस्थामा सबै दलले साथ दिइरहँदा यसलाई समेत टुंगोमा पुर्‍याउनुपर्ने देखिएको बताए ।

विश्वासको मत लिएर प्रदेशलाई चलायमान बनाउन चाडै विश्वासको मत लिन लागेको मुख्यमन्त्री कार्कीको भनाइ छ । कांग्रेसबाट ८ र एमालेबाट ३९ जनाको समर्थनसहित मुख्यमन्त्री भएका कार्कीलाई गठबन्धनबाट समेत समर्थन रहनेछन्। १३ प्रदेशसभा सदस्य रहेको नेकपा माओवादीको प्रदेश कमिटीले समेत कार्कीलाई समर्थन गरे पनि संसदीय दलले भने मंगलबारमात्र समर्थन जनाएको छ

Classic Tech Mobile
Classic Tech Desktop

माओवादी संसदीय दलको नेतामा इन्द्र आंग्बो रहेका छन्, उनी मुख्यमन्त्रीका अर्का दाबेदार रहेका थिए। अर्कोतर्फ ४ सिट रहेको नेकपा एकीकृत समाजवादीले कार्कीलाई विश्वासको मत दिने भएको छ। अघिल्लोपटक समेत मौन बसेको राप्रपा भने यसपटक पनि तटस्थ बस्ने भएको छ ।

एमालेको समर्थन पाएका कार्कीलाई केन्द्रीय गठबन्धनमा तीन शीर्षस्त नेताबीचको सहमतिले समस्या हुन सक्ने आंकलन भने रहेको छ । कार्कीले हाल मुख्यमन्त्रीसहित दुई विना विभागीय मन्त्रालयको मन्त्रीपरिषद् गठन गरेका छन् ।

जसमा इलामबाट कांग्रेसका शमशेर राई र नेकपा एमालेका संसदीय दलका उपनेता राम राना रहेका छन् । कार्कीले विश्वासको मत हासिल गरेपछि मन्त्रिपरिषद् पनि विस्तार गर्नेछन् ।

कार्कीले दलीय गठबन्धनको विपक्षमा कांग्रेसभित्रका ८ सदस्य लिएर मुख्यमन्त्रीको दाबी पेश गरेका थिए ।

प्रतिकृया