लागू औषध सहित मानिस नियन्त्रणमा
प्रकाशित मिति
२०८० आश्विन ३० गते, मंगलवार ०४:४८
असोज ३०, २०८०, काठमाडौं : मिति २०८०/०६/२३ गते २०:०० बजेको समयमा भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. २ सानोव्यासी औद्योगिक क्षेत्र अगाडी जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको चेकिङ टोलीले विभिन्न सवारी साधनहरुको चेकजाँच गर्ने क्रममा डेकोचाबाट कालोपाटीमोड तर्फ जाँदै गरेको बा. प्रदेश ०२-०३४ प. २३२५ नं. को स्कुटी चालक जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ६ सूर्यविनायक बस्ने वर्ष २८ को सुशान्त अवालको स्कुटीको डिकीबाट नोर्फिन – ४५ एम्पुल , डाईजोपाम – ४५ एम्पुल, फेनेरागन – ४५ एम्पुल, प्रयोग नभएको सिरिन्ज – १ थान र प्रयोग भएको सिरिन्ज – ६ थान लागू औषध फेलापारी स्कुटी सहित नियन्त्रणमा लिई परिसर भक्तपुरमा राखिएको जनाएकाे छ ।
थप अनुसन्धान कार्य गर्दा मिति २०८०/०६/२९ गते १५:०० बजेको समयमा जिल्ला भक्तपुर मध्यपुर ठिमि नगरपालिका वडा नं.३ स्थित बाट जिल्ला सप्तरी बोदेबसैन नगरपालिका वडा नं. ६ घर भई हाल काठमाण्डौं जिल्ला गौशला बस्ने बर्ष २६को कृष्ण कुमार दास र जिल्ला सप्तरी बलानव्युल गाँउपालिका वडा नं. २ घर भई हाल काठमाण्डौं जिल्ला सिनामंगल बस्ने बर्ष २७ को दिपेन्द्र कुमार यादवलाई Diazepam १२५ एम्पुल, Buprenorphine १२५ एन्पुल,Promethozine १२५ एम्पुल सहित नियन्त्रण लिई अनुसन्धान गर्दा सगैँ काम गर्ने जिल्ला सप्तरी बोदेबसैन नगरपालिका वडा नं. ६ घर भई हाल जिल्ला काठमाण्डौं सामाखुसी बस्ने वर्ष ३९ को जितेन्द्र कुमार रमनलाई ऐ.मिति नियन्त्रणमा लिई प्रहरी परिसर भक्तपुरमा राखिएको छ । थप अनुसन्धान कार्य भईरहेको कुरा प्रहरी परिसर भक्तपुरले जनाएकाे छ ।









प्रतिकृया