• २ असोज २०८३, शुक्रबार
  • ६ः२९ बिहान

कोन्ज्योसोमको असल अभ्यास गाउँपालिका महासंघ बागमती प्रदेश समितिमा प्रस्तुत

प्रकाशित मिति

२०८० आश्विन २८ गते, आईतवार १२:०९

असोज २८, २०८० ललितपुर : दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको असल अभ्यास गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेश समितिमा प्रस्तुत गरिएको छ । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल बागमती प्रदेश समितिको बैठक तथा अनुभव आदान प्रदान कार्यक्रममा कोन्ज्योसोम गाउँपालिकाको असल अभ्यास महासंघको प्रदेश समितिमा प्रस्तुत गरिएको हो ।

National Life

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले गाउँपालिकाको असल अभ्यास बैठकमा प्रस्तुत गर्नुभएको थियो ।
शनिबार महासंघ कार्य समितिका पदाधिकारीहरु कोन्ज्योसोम गाउँपालिकामा पुगेका थिए । गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेशको हरेक दुई महिनामा एक पटक नियमित बैठक बस्दै अनुभव आदान प्रदान गर्ने व्यवस्था छ । बैठक बस्दा महासंघकाका कार्य समितिमा रहेका व्यक्तिहरु निर्वाचित भएकै गाउँपालिकामा पुगेर बैठक बसी उक्त गाउँपालिकाको वस्तुस्थिती बुझ्ने गरिएको गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेश समितिले जनाएको छ ।


सोही व्यवस्था अनुसार शनिबार कोन्ज्योसोम गाउँपालिकामा पुगी महासंघ बागमती प्रदेश समितिकोे बैठक तथा अनुभव आदानप्रदान भएको हो । कार्यक्रममा कोन्ज्योसोम गाउँपालिका अध्यक्ष कृष्णमान लामाले महासंघका पदाधिकारीलाई स्वागत गर्दैे कोन्ज्योसोम गाउँपालिकाको अवस्थाका साथै कोन्ज्योसोममा धार्मिक तथा पर्यटकीय संभावनाका बारेमा जानकारी गराउनु भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेश समतिका अध्यक्ष एवं सिन्धुलीको तीनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर मगरले कोन्ज्योसोम गाउँपालिकाको असल अभ्यासको प्रशंसा गर्दै आगमी दिनमा राम्रा कामहरुको आपसका गाउँपालिकाहरुले अनुशरण गर्दै जानुपर्ने बताउनुभयो । कार्यक्रममा कोन्ज्योसोम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले गाउँपालिकाले गरेका असल अभ्यास लगायतका गतिविधिको प्रस्तुती गर्नुभएको थियो ।


सो अवसरमा महासंघ बागमती प्रदेश समितिका पदाधिकारी र कोन्ज्योसोम गाउँपालिकाबीच अन्तक्रिर्या सम्पन्न भएको थियो । कार्यक्रम महासंघ बागमती प्रदेश कार्यसमितिका पदाधिकारी र कोन्ज्योसोम गाउँपालिका वडाध्यक्ष, गाउँ कार्यपालिकाका सदस्य गाउँपालिकाका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया