• २१ असोज २०८३, बुधबार
  • ९ः२८ बिहान

द्वन्द्वग्रस्त इजरायलबाट थप २०० बढी नेपाली फर्कन चाहन्छन् स्वदेश

प्रकाशित मिति

२०८० आश्विन २६ गते, शुक्रबार ०१:१६

असोज २६, २०८० काठमाडौँ: द्वन्द्वग्रस्त इजरायलबाट फर्किन थप २०० जना नेपाली तयार भएका छन्। स्वदेश फर्किन चाहेका नेपाली नागरिकको विवरण सङ्कलनको आवेदन माग गर्दा ती नयाँ नाम आएका हुन् । गयराति २ सय ५४ जना आइसकेका छन् भने अझै २०० बढी स्वदेश फर्कन चाहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ। तेल अबिबस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै थप २०० बढी नेपालीले निवेदन दिएको जानकारी दिएको हो।

National Life

विवरण सङ्कलनका लागि परराष्ट्र मन्त्रालय, इजरायलको तेल अभिभस्थित नेपाली राजदूतावास र इजरायल सरकारको समन्वयमा अनलाइन रजिस्ट्रेसन भइरहेको छ । इजरायल–प्यालेस्टाइन युद्ध सुरु भएसँगै दूतावासले घर फर्किन चाहने नेपालीहरूका लागि अनलाइनमार्फत निवेदन मागिएको हो । इजरायलमा प्यालेस्टाइनको लडाकु समूह हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ। ५ जना घाइते भएका छन् भने एक जना सम्पर्कविहीन भएका छन्। घाइतेमध्ये एक जना नेपाल फर्किसकेका छन्। अरूको इजरायलमै उपचार भइरहेको छ।

सम्पर्कविहीन भएका विद्यार्थी विपिन जोशीको पनि जोजी कार्य तीव्र पारिएको छ। विपिनलाई हमासले बन्धक बनाएको उनका साथीहरूले बताएका छन्। मृतकको शव नेपाल पठाउन पहल भइरहेको दूतावासले जानकारी गराएको छ । इजरायल घटनालगतै परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा एक समन्वय संयन्त्र पनि गठन भएको छ। संयन्त्रले इजरायलमा रहेका नेपाली नागरिकको संरक्षण र उद्धार गर्न आवश्यक पहल गरिरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

मन्त्रालयले नेपाली राजदूतावासलाई आवश्यक निर्देशन दिँदै निकायगत समन्वय समेत गरिरहेको बताइएको छ । यस्तै, मन्त्रालयले इजरायलमा रहेका सम्पूर्ण नेपालीलाई सजगता अपनाउन र नेपाली राजदूतावाससँग सम्पर्कमा रहन पनि अनुरोध गरेको छ ।

प्रतिकृया