• २१ असोज २०८३, बुधबार
  • ९ः३६ बिहान

कीर्तिमानी गीतकार डा. उपाध्यायलाई ‘टीका गोपाल गीतसङ्गीत विशेष सम्मान प्रदान

प्रकाशित मिति

२०८० आश्विन २६ गते, शुक्रबार ०२:३५

असोज २६, २०८० काठमाडौँ: डा डीआर उपाध्यायलाई ‘टीका गोपाल गीतसङ्गीत विशेष सम्मान–२०८०’ प्रदान गरिएको छ । बिहीबार काठमाडौंमा भएको एक विशेष समारोहमा प्रथम उपराष्ट्रपति परमानन्द झाले डा. उपाध्यायलाई सो सम्मान पुरस्कार अर्पण गर्नुभएको हो ।

National Life

विशिष्ठ कलाकार लय संग्रौला, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ सङ्गीतकार राजु सिंह, वरिष्ठ गायक सीताराम पोखरेल, कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ, गायक शिशिर योगीलगायतकाको आतिथ्यता रहेको कार्यक्रममा कीर्तिमानी गीतकार डा. उपाध्यायलाई ‘टीका गोपाल गीतसङ्गीत विशेष सम्मान-२०८०’ प्रदान गरिएको थियो । डा. उपाध्यायलाई नगदसहित सम्मान पुरस्कार प्रदान गरिएको थियो ।


यो पुरस्कार नेपाली गीतसङ्गीत क्षेत्रको प्रवद्र्धन र स्रष्टालाई प्रोत्साहन एवम् सम्मान गर्ने उद्देश्यले गायक तथा सङ्गीतकार कन्हैया सिंहले आफ्ना माता पिताको नाममा स्थापित गर्नुभएको हो । यसअघि यो पुरस्कार सम्मान कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठलाई प्रदान गरिएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया