सांग्रिला डेभलपमेन्ट बैंकद्वारा महिला बाइक राइडरहरुको स्वागत कार्यक्रम सम्पन्न
प्रकाशित मिति
२०८० आश्विन २५ गते, बिहीबार ०४:०४
असोज २५, २०८० काठमाडौँ: सांग्रिला डेभलपमेन्ट बैंक(SADBL)ले भारतबाट सन् २०२३ अक्टोबर १मा मोटरसाइकलमा नेपाल आएका दुई महिला बाइक राइडरलाई बैंकको केन्द्रिय कार्यालय बालुवाटार काठमाडौंमा स्वागत गरेकाे छ ।
बैंकले समय समयमा विभिन्न सामाजिक सेवा सम्वन्धि कार्य गर्दै आएकोमा असाेज २३ गते “स्टप सेक्सुयल भाेइलेन्स” भन्ने नारा बोकी सो सम्बन्धी जनचेतना फैलाउने उद्देश्यका साथ छिमेकी मुलुकका बाइक राइडरलाई स्वागत गरेकाे हाे ।
सो स्वागत कार्यक्रममा बैंकका अध्यक्ष उज्जल सत्याल, प्रमुख कार्याकारी अधिकृत सुयोग श्रेष्ठ र बैंकका संस्थापक शेयरधनी हेमन्त कुमार प्रसादहरुद्वारा भारतबाट नेपाल आएका बाइक राइडरद्वय स्वाती आर र अनिता एम को एक कार्यक्रमबीच स्वागत गर्दै आफ्नो मन्तब्य व्यक्त गरे ।
यस स्वागत कार्यक्रमले “स्टप सेक्सुयल भाेइलेन्स” भन्ने नारा बोकेर हिडेका उक्त बाइक राइडरलाई प्रेरणा मिल्ने र सो सन्देशले नेपालमा समेत जनचेतना फैलाउने विश्वास बैंकले लिएकाे छ ।








प्रतिकृया