• २१ असोज २०८३, बुधबार
  • ८ः०७ बिहान

लक्ष्मी सन्‌राइज बैंकले ल्यायो ‘दशैँ आयो’ योजना

प्रकाशित मिति

२०८० आश्विन २४ गते, बुधबार ०२:०३

असोज २४, २०८० काठमाडौँ: दशैँ आयो’ योजना – मोबाइल मनि, डेबिट/क्रेडिट कार्ड प्रयोग गर्दा लक्ष्मी सन्‌राइज बैंकले विशेष अफर ल्याएकाे छ । उत्साह र उमंगसहित मनाइने हिन्दुहरुकाे महान चाड दशैँलाई लक्षित गरी अझ उत्साह र रमाईलो थप्न विभिन्न अफरहरु सहित लक्ष्मी सन्‌राइज बैंकले ‘दशैँ आयो’ योजना ल्याएको हो ।

National Life

असोज १८ देखि कार्तिक ३० गतेसम्म लागू हुने यस योजना अन्तर्गत लक्ष्मी सन्‌राइज बैंकको मोबाइल मनि, डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोगमा विभिन्न प्रकारका क्यासब्याक (cashback) प्राप्त गर्न सकिने जनाइकाे छ।


परम्परागत रूपमा दशैंमा गरिने गतिविधीहरुलाई थप उत्साह प्रदान गर्न जस्तै मिठो खान-पिन, भ्रमण, शपिङ तथा रमाईलोलाई ध्यानमा राखी सो योजना ल्याइएको हो।पहिलो अफर ‘घुम्न जाउँला’ मा लक्ष्मी सन्‌राइज बैंकको मोबाइल मनि प्रयोग गरी बस र हवाई टिकट खरिद गर्दा क्रमश: रु २५० र ५०० को क्यासब्याक पाउन सकिनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

यो अफर असोज १८ गते देखि कात्तिक ९ गते सम्म लागु हुनेछ भने क्यासब्याक प्राप्त गर्नका लागि मोबाइल मनि मार्फत टिकट काट्नुका साथै सो अवधि भित्र कुनै एक बिल भुक्तानी पनि गर्नु पर्नेछ। अर्को अफर ‘शपिङ्ग गरौँला’ मा भाटभटेनी सुपरमार्केटमा सामान खरिद गरी क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १०% वा बढीमा रु १००० सम्मको क्यासब्याक पाउन सकिनेछ। सो योजना असोज २७ गते देखि कात्तिक ३ गते सम्म लागू रहनेछ।


यसै गरी ‘खाउँला पिउँला’ योजनामा असोज २८ गते देखि कात्तिक १२ गतेसम्म फुडमान्डु एप बाट अर्डर गरी लक्ष्मी सन्‌राइज बैंकको डेबिट/ क्रेडिट कार्ड वा मोबाइल मनिबाट अन्लाइन भुक्तानी गर्दा प्रति दिन प्रति व्यक्ति २०% वा बढीमा रु २०० सम्म क्यासब्याक पाउन सकिनेछ।


यसै अफर अन्तर्गत के एफ सी को (KFC) तथा पिज्जा हट (Pizza Hut) का कुनै पनि आउटलेटमा डेबिट कार्ड वा क्रेडिट कार्ड को ‘ट्याप एण्ड पे’ (Tap and Pay) फिचर प्रयोग गरी भुक्तानी गर्दा प्रति दिन प्रति व्यक्ति २०% वा बढीमा रु ५०० सम्म क्यासब्याक पाइने छ।


त्यसै गरी, ‘रमाईलो गरौँला’ अफर अन्तर्गत क्युएफएक्स सिनेमा (QFX Cinemas) हलहरुमा टिकट खरिद गर्दा लक्ष्मी सन्‌राइज बैंकको डेबिट / क्रेडिट कार्ड वा मोबाइल मनि मार्फत भुक्तानी गर्दा २५% वा बढीमा रु ५०० सम्म एक पटक क्यासब्याक प्राप्त गर्न सकिनेछ। यो योजना कात्तिक महिनाभरी लागू हुनेछ।


क्यासब्याक अफरहरुबाहेक असोज २५ गते देखि कात्तिक २५ गतेसम्म विदेशबाट रेमिट्यान्स पठाउँदा रु ५०१ दक्षिणा प्राप्त गर्न सकिनेछ। यो योजना ‘मेरो भूमि’ रेमिट्यान्स खातावाला ग्राहकहरुका लागि रु ५०,००० भन्दा बढि रेमिट्यान्स पठाउँदा मात्र मान्य हुनेछ।


सबै योजनाहरुमा क्यासब्याक अफर सकिएपछि प्रदान गरिने बैंकले जनाएकाे छ ।अफरहरुबारे विस्तृत जानकारीका लागि फेसबूक र इन्स्टाग्राम लागायतका सोसल मिडिया अपडेटेड रहन बैंकले सुझाएकाे छ ।

प्रतिकृया