• ११:२३ २०८१ बैशाख ४ गते
  • 11:23 am

हत्यापछि साधुको भेषमा बसेका तोयानाथ १९ वर्षपछि पक्राउ

प्रकाशित मिति

२०८० आश्विन २४ गते, बुधबार ०१:५१

arrest1

असोज २४, २०८० चितवन : कर्तव्य ज्यान मुद्दामा फरार आरोपी १९ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२८ मेघौलीका ४३ वर्षीय कृष्ण भनिने तोयानाथ चापागाईं रहेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डित जानकारी दिए ।


उनलाई प्रहरीले सोमबार नवलपरासीको बर्दघाट सुस्ता पश्चिमबाट पक्राउ गरेको हो । पण्डितका अनुसार चापागाईंले २०६१ साल मङ्सिर १४ गते भरतपुर महानगरपालिका–७ की मनकुमारी वाग्लेको घरमा गई सुतेको अवस्थामा बाँसको लौरो र ढुङ्गाले टाउकामा प्रहार गरी हत्या गरेका थिए ।


‘वाग्लेको हत्या गरी कानमा लगाएको गरगहना लुटेर उनी फरार भएका थिए । उनलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको विशेष सूचनाका आधारमा बर्दघाट–४ स्थित शिव मन्दिरमा भेष बदलेर साधुका रुपमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो’, उनले भने ।


चापागाईं पक्राउ परेसँगै थप अनुसन्धान सुरु गरिएको पण्डितले बताए ।

प्रतिकृया