• 7:07 pm

विधायनसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित

प्रकाशित मिति

२०८० आश्विन १८ गते, बिहीबार ०४:४४

असोज १८, २०८० काठमाडौँ: विधायनसम्बन्धी विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ । बिहीबार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकमा प्रस्तुत भएको विधेयक सर्वसम्मतिले स्वीकृत भएको हो ।


बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधायन सम्बन्धी विधेयक, २०८० माथि संसदमा विचार गरियोस् भन्ने सरकारले पेश गरेको विधेयक सर्वम्मतिले पास भएको घोषणा गरे । विधायन सम्बन्धी विधेयक २०८० कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राष्ट्रिय सभामा पेस गरेका थिए ।


उनले संसदीय समितिको निर्देशन बमोजिम सरोकारवालाहरूको छलफलपछि प्राप्त सुझावलाई समेटेर विधायन सम्बन्धी विधेयक, २०८० तयार पारेको बताए ।

प्रतिकृया