जग्गा फुकुवा सम्बन्धमा शहरी विकास मन्त्रालयलाई अनुरोध
प्रकाशित मिति
२०८० आश्विन १८ गते, बिहीबार ०४:१७
असोज १८, २०८० काठमाडौँ: काठमाडौँ उपत्यकाका पूर्वि पाँच वटा नगरपालिकाहरु कागेश्वरी मनोहरा, शंखरापुर, मध्यपुर थिमी, चाँगुनारायण र सूर्यविनायक नगरपालिका क्षेत्रमा पर्ने जग्गाहरु नेपाल सरकार शहरी विकास मन्त्रालयको मिति २०७४/०३/०५ गतेको राजपत्रमा सूचना प्रकाशित गरी काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन २०४५ को दफा ७ बमोजिम ३ वर्षका लागि नयाँ नगर निर्माण एवं विकास गर्ने र सो प्राधिकरणको पूर्व स्वीकृति विना कुनै प्रकारले भौतिक परिवर्तन गर्न वा टुक्र्याउन नपाउने गरी रोक लगाईएकोमा उक्त सूचनाको म्याद समाप्त भैसकेको आज एक विज्ञप्ति मार्फत जनाएको छ ।
हाल सम्म उक्त नयाँ शहर निर्माणको लागि विस्तृत परियोजना प्रतिवेदन (म्एच्) लगायत कुनै पनि काम शुरु नभएको अवस्थामा उक्त जग्गा रोक्का भईरहदा आम जनसमुदायलाई घर लगायत अन्य संरचना निर्माण गर्न र कित्ता काट गर्ने कार्यमा समस्या परि जनसमुदायको दैनिक जन गुनासो आउने गरेकोले यथाशिघ्र उक्त जग्गाको रोक्का फुकुवा गर्न नेपाल सरकार शहरी विकास मन्त्रालय लगायत सम्बन्धित निकायहरुलाई पूर्वि पाँच नगरपालिकाका प्रमुखहरुले अनुरोध गरेका छन् ।
नेपाल सरकार शहरी विकास मन्त्रालयले रोक्का गरी राखेको जग्गा तत्काल फुकुवा नगरेमा स्थानिय सरकारको अधिकार बमोजिम जग्गा कित्ता काटको सिफारीस गर्न स्थानिय सरकार अगाडी बढ्ने पनि विज्ञप्ति मार्फत जानकारी गराइएको छ । शहरी विकास मन्त्रालयलाई गरिएको अनुरोधमा पाँचवटै नगरप्रमुखहरुले हस्ताक्षर गरेका छन् ।








प्रतिकृया