• ११ असोज २०८३, आइतबार
  • १ः०६ राती

हुन्डाईले ‘फेस्टिभ कार्निवल’ आयोजना गर्ने

प्रकाशित मिति

२०८० आश्विन १८ गते, बिहीबार ०३:५५

असोज १८, २०८० काठमाडौँ: दशैं, तिहार छठ २०८० को उपलक्ष्यमा हुन्डाई नेपालले चाडपर्वलक्षित गरी ल्याएको हुन्डाई फेस्टिभ डिलाइट अन्तर्गत ‘हुन्डाई फेस्टिभ कार्निवल’ को आयाेजना गर्ने भएकाे छ । हुन्डाई फेस्टिभ कार्निवल असोज १९ गते देखि २१ गतेसम्म देशभरका आफ्ना सबै शोरुमबाट सञ्चालन हुन लागेकाे हाे ।

National Life

हुन्डाई फेस्टिभ कार्निवल आफ्ना ग्राहकहरूसँग प्रत्यक्ष भेटघाट गरी शुभकामना आदानप्रदान गर्दै विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाइने छ । कार्निवलमा हुण्डाईका सबै शोरुमहरूमा फरक-फरक कार्यक्रमहरू आयोजना गरिनेछ ।


लाइभ सांगितिक प्रस्तुति, किड्स प्ले जुन, गाडीसम्बन्धि आवश्यक विभिन्न टिप्स र ट्रिक्स, निःशुल्क गाडीको परीक्षण तथा चेक जाँच, मूल्यांकन तथा एक्सचेन्ज सुविधा, ईभी गाडीसम्बन्धि विशेष जानकारी तथा अन्तरक्रिया कार्यक्रम, ईभी हाई भोल्टेज ब्याट्री चेकअप, मोटर र्‍यालीजस्ता अरू विभिन्न कार्यक्रम सञ्चालन हुने कम्पनीको भनाइ छ ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्निवललाई अझै रोचक र प्रतिस्पर्धी बनाउन हुण्डाई टिकटक कन्टेस्टलगायतका अन्य विभिन्न कार्यक्रमहरू पनि गरिनेछ । कार्निवलमा आयोजना गरिएका प्रतियोगितामा सहभागी भइ विजेता हुनेले वाशिङ मसिन, माइक्रोवेव ओवन, मिक्सर ग्राइन्डरहरू पाउन सक्ने कम्पनीले जनाएको छ ।


नेपालका लागि हुण्डाईका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेटल रहेको छ ।

प्रतिकृया