• १२ असोज २०८३, सोमबार
  • ३ः४३ राती

पुल्चोक इन्जिनियरिङ क्याम्पसका निमित्त क्याम्पस प्रमुखसहित पदाधिकारीले दिए सामूहिक राजीनामा

प्रकाशित मिति

२०८० आश्विन १८ गते, बिहीबार ०३:०७

असोज १८, २०८० काठमाडौँ: पुल्चोक इन्जिनियरिङ क्याम्पसका निमित्त क्याम्पस प्रमुख उपप्राध्यापक लोकनाथ रेग्मीसहितका पदाधिकारीले स्वैच्छिक रुपमा आवधिक रुपमा सामूहिक राजीनामा दिएको घोषणा गरेका छन्।

National Life

निमित्त क्याम्पस प्रमुख उपप्राध्यापक रेग्मीको अध्यक्षतामा बसेको बैठकले सहायक क्याम्पस प्रमुख, विभागीय प्रमुख, विभागीय उपप्रमुख, एमएससी को–अर्डिनेटर, निर्देशक तथा प्रशासन प्रमुखले सामूहिक राजीनामा दिने निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी गराइएको छ।


पुल्चोक क्याम्पसमा इन्जिनियरिङ अध्ययन शुल्क वृद्धि भएपछि विभिन्न राजनीतिक संगठनमा आबद्ध विद्यार्थी संगठनले तालाबन्दी, क्याम्पस प्रशासनका अधिकारी, डीनलगायतका पदाधिकारीमाथि अभद्र व्यवहार प्रदर्शन गर्दै आएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

मंगलबार मात्रै विद्यार्थी संगठनसँग शुल्क वृद्धि फिर्ता लिने निर्णय भए पनि असहमति जनाउँदै क्याम्पसका पदाधिकारीहरुले सामूहिक राजीनामा दिने घोषणा गरेका हुन्।

प्रतिकृया