• ११ असोज २०८३, आइतबार
  • १२ः३८ राती

धुलिखेल अस्पतालमा ट्रमा र आकस्मिक केन्द्र विस्तार गर्न जापानको सहयोग

प्रकाशित मिति

२०८० आश्विन १८ गते, बिहीबार ०३:५६

असोज १८, २०८० काठमाडौँ: धुलिखेल अस्पतालमा ट्रमा र आकस्मिक केन्द्र विस्तारका लागि जापान सरकारले अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।

National Life

अर्थ मन्त्रालयमा आज भएको एक कार्यक्रममा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ सचिव कृष्णहरि पुस्कर र नेपालका लागि जापानका राजदूत किकुता युताकाको उपस्थितीमा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपाल कार्यालयका प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सुले हस्ताक्षर गर्नुभयो ।


“धुलिखेल अस्पताल ट्रमा एण्ड इमर्जेन्सी सेन्टर सुधार परियोजनामा करिब रु दुई अर्ब ९५ करोड (तीन हजार दुई सय ९६ मिलियन जापानी येन) बराबरको अनुदान सहायता उपलब्ध गराउने सम्झौता भएको छ”, सम्झौतापछि उपलब्ध गराइएको विज्ञप्तिमा भनिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

परियोजनाको कार्यान्वयनपछि दुर्घटनामा परेका घाइतेको उपचारका लागि आकस्मिक कक्ष, शल्यक्रिया कक्ष, आईसीयू, र बाहिरी बिरामी परामर्श कक्षसहितको ट्रमा तथा आपतकालीन केन्द्र निर्माण गरी एमआरआई, सीटी, जस्ता चिकित्सा उपकरण उपलब्ध गराएर चिकित्सा सेवालाई सुदृढ हुनेछ ।


सो आयोजनाको कूल कार्यान्वयन अवधि ४८ महिना रहेको छ । प्रस्तावित अनुदान सहयोग स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत सशर्त अनुदानका रूपमा परिचालन गरिनेछ ।


नेपालको स्वास्थ्य क्षेत्रको सुदृढीकरणमा जापान सरकारको निरन्तर सहयोगका लागि धन्यवाद दिँदै अर्थ सचिव पुस्करले सोे परियोजनाको कार्यान्वयनले विशेषगरी धुलिखेल र आसपासका बिरामीहरूलाई आपतकालीन सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।


नेपालका लागि जापानी राजदूत किकुताले सो परियोजनाले स्वस्थ जीवन सुनिश्चित गर्न र नेपाली जनताको हितलाई प्रवर्द्धन गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिकृया