• १९ भदौ २०८३, शुक्रबार
  • ८ः३५ राती

डाक्टर कुट्नेलाई सिधै जेल हाल्नुपर्छ : गगन थापा

प्रकाशित मिति

२०८० आश्विन १६ गते, मंगलवार ०४:३५

असोज १६, २०८० काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले डाक्टरहरूमाथि कुटपिट गर्नेलाई धरौटीमा छाड्न नहुने बताएका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै थापाले डाक्टरमाथि कुटपिट गर्नेलाई जेल नै पठाउने कानुन बनाउन सांसदहरूले सहयोग गर्ने बताए ।


सम्झौता भएको २४ घण्टा नबित्दै डाक्टरमाथि फेरि आक्रमण भएको उनले बताए । ‘आक्रमण हुँदा किन्तु, परन्तु केही नभनी जेल विथआउट बेल हुन्छ भन्ने हुँदैन । अनि, कुनै पनि उपचारको सन्दर्भमा उपभोक्तहरूलाई गुनासो हुन्छ भने यसको वैधानिक सम्बोधन हुन्छ भन्ने भर हुँदैन । यस्तो घटना दोहोरिरहन्छ,’ उनले भने ।

Kamana Sewa

डाक्टरहरूमाथि आक्रमणको घटनाको क्रम तोड्न सरकारले मेडिकल एसोसिएसनसँग र स्वास्थ्यकर्मीहरूको संघर्ष समितिसँग गरेको सम्झौताको अक्षरशः कार्यान्वयन हुनुपर्ने थापाको भनाइ छ । ‘घटना हुन्छ, आन्दोलन हुन्छ, सम्झौता हुन्छ । तर, कार्यान्वयन हुँदैन,’ उनले भने, ‘यो चक्र तोड्ने हो भने एकपटक नेपाल सरकारले नेपाल मेडिकल एसोसिएसनसँग र स्वास्थ्यकर्मीहरूको संघर्ष समितिसँग गरेको सम्झौताको अक्षरशः कार्यान्वयन गरोस् ।’

Classic Tech Desktop

सरकारले डाक्टरहरूसँग गरेको सम्झौता कार्यान्वयनका लागि संसद्को मदत चाहिने पनि थापाले बताए । ‘यो कार्यान्वयन गर्न संसद्को मद्दत चाहिन्छ, हामी त्यसका लागि तयार छौँ,’ उनले भने, ‘तर यतिले पुग्दैन, स्वास्थ्य संस्थाको सेवा प्रवाह क्षमता नबढाई हुँदै हुँदैन।’


थापाले स्वास्थ्य सेवा प्रवाह बढाउने विस्तृत योजना स्वास्थ्य मन्त्रालयमा रहेको भन्दै धुलो टक्टक्याएर पढ्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरे ।


‘स्वास्थ्य सेवा प्रवाह बढाउने विस्तृत योजना मन्त्रालयमा छ । जसले नेपालको स्वास्थ्य क्षेत्रको सेवा प्रवाह कसरी बढाउने भनेर विस्तृत योजना तयार गरेको छ,’ उनले भने, ‘मन्त्रालयमा धुलो लागेर बसेको होला धुलो टक्टक्याएर पढ्न प्रधानमन्त्रीलाई आग्रह गर्दछु ।’

प्रतिकृया