मस्तिष्क मृत्यु पश्चात अंगदान र प्रत्यारोपण सम्बन्धी अन्तरक्र्रिया सम्पन्न

प्रकाशित मिति

२०८० आश्विन १६ गते, मंगलवार ०३:५३

379942764 635526598621403 9193652774882515063 n e1696327688486

असोज १६, २०८० काठमाडौँ : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको आयोजनामा काठमाण्डौ उपत्यकाका विभिन्न सरकारी तथा निजी अस्पतालका प्रमुखहरुको उपस्थितिमा अंगदान र प्रत्यारोपण सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएकाे थियाे ।


उक्त कार्यक्रममा बि एण्ड बि अस्पतालका निर्देशक तथा बरिष्ठ चिकित्सक डा जे एल बैद्य, शहिद गंगालाल हृदय केन्द्रका निर्देशक डा. चन्द्रमणी अधिकारी, वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेल, त्रि. वि. शिक्षण अस्पतालका निर्देशक डा दिनेश काफ्ले, काठमाण्डौ मेडिकल कलेज शिक्षण अस्पतालका निर्देशक डा. सुमन श्रेष्ठ, नर्भिक अस्पतालका सि इ ओ डा अजयमिश्र, मध्यपुर अस्पतलाका निर्देशक डा. रविनाप्रधानाङ्ग,चिरायु अस्पतालका निर्देशक डा. सञ्जिव राजभण्डारी, नेपाल कोरिया मैत्री अस्पतालका निर्देशक डा दिपेन्द्र कुमार रुशा, ब्लु क्रश अस्पलकानर्सिङ्ग प्रमुखअञ्जु ढुंगेल, समाजिक अभियन्ता सरना श्रेष्ठ, प्रभात राज भण्डारी र विभााकार शाक्य, कान्ता भट्ट तथा नविना श्रेष्ठ लागयतको सहभागीता रहेको थियो ।


राष्ट्रिय प्रत्यारोपण केन्द्र प्रमुख डा.पुकार श्रेष्ठले नेपालमा मस्तिष्क मृत्यु पश्चात हुने अंगदानका सम्बन्धमा विशेष चर्चा गर्नु हुँदै उक्त अभियानलाई सफल बनाउन उपस्थित सबै अस्पतालका प्रमुखहरुलाई आग्रह गरे । नेपालमा सडक दुर्घटनाका कारण बर्सेनि तीन हजारको हाराहारीमा मृत्यू हुने र त्यस मध्ये करीब एक हजार जानको मस्तिष्क मृत्यु हुने गरेको तथा ‘ब्रेन डेथ’ दाताको अंगहरु सही सदुपयोग गर्नसके नेपाल अंग प्रत्यारोपणमा आत्मनिर्भर हुन सक्ने संम्भावनामा छलफल भएको थियो ।


विभिन्न अस्पतलाका प्रमुखहरुले आफ्नो मन्तव्य राख्दै यस कार्यक्रममा हातेमालो गर्न तत्पर रहेको कुरा बताउनु भयो भने यसका लागि अंगदान सचेतना अभियान सञ्चालन गर्नु पर्ने र धार्मिक गुरुहरुलाई पनि सहभागी गराउन सके धेरै विरामीहरुले पुनर्जन्म प्राप्त हुने सुझावदिएका थिए ।


अमेरिकाको कुक कन्ट्रीहेल्थ अस्पताल सिकागोका डा. चन्द्र प्रकाश चटौतले शल्यक्रियाबाट ‘कसरी शीघ्र स्वास्थ्यलाभ गर्न सकिन्छ? ’भन्ने विषयमा प्रस्तुती दिएका थिए भने बेलायतको फ्रिम्यान अस्पतालका सघन उपचार विज्ञ डा.इयान नेसभिटले मस्तिष्क मृत्युपश्चात हुने अंगदानका सम्बन्धमा प्रकाशपार्नु भएको थियो ।


शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई मस्तिष्क मृत्यूबाट हुने अंगदान र प्रत्याारोपणको लागि समन्वयइकाई तोकिएको छ । कुनै अस्पतालमा मस्तिष्क मृत्यू भएमा उक्तइकाइलाई जानकारी गराउन पर्ने प्राबधान रहेको छ । नेपालको इतिहासमा पहिलो पटक केन्द्रमा हाल सम्ममस्तिष्क मृत्यू भएको व्यक्तिबाट १० जनाको मृगौला र ३ जनाको कलेजो प्रत्यारोपण भई सकेको छ ।

प्रतिकृया