• २१ असोज २०८३, बुधबार
  • ९ः०५ बिहान

हिमालयन रिको सीइओमा उपासना पौडेल नियुक्त

प्रकाशित मिति

२०८० आश्विन १६ गते, मंगलवार ११:०१

असोज १६, २०८० काठमाडौँ: हिमालयन रि इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल नियुक्त भएकी छन्। यसअघि उनी कम्पनीको नायब कार्यकारी अधिकृतको पदमा थिइन् ।

National Life

कम्पनीका सीइओ चन्द्रशेखरन् रामामूर्तिले राजीनामा दिएपछि पौडेल नियुक्त भएकी हुन्। आइतबारको बोर्ड बैठकले राजामूर्तिको राजीनामा स्वीकृत गर्दै पौडेलको बढुवा गरेको हो। कम्पनीले पौडेल सीइओ नियुक्त गरेको जानकारी गराउँदै स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरण पठाएको छ।


हिमालयन रि आउनुअघि पौडेल युनाइटेड इन्स्योरेन्समा सीइओ थिइन्। त्यसअघि उनी सानिमा जनरल इन्स्योरेन्समा सहायक महाप्रबन्धकमा थिइन्। इन्स्योरेन्स क्षेत्रमा आउनुअघि उनले भारतीय टेलिकम कम्पनीमा पनि काम गरेकी थिइन्। अन्तर्राष्ट्रिय कम्पनीको अनुभव सम्हालेकी पौडेल निजी क्षेत्रको पहिलो रि इन्स्योरेन्सको माथिल्लो पदमा पुगेकी छन्।

Classic Tech Mobile
Classic Tech Desktop

पौडेलले भोडाफोन, आइसीआइसीआइ लोम्बार्ड र भारती एक्सा जनरल इन्स्योरेन्स जस्ता भारतीय बीमा र टेलिकम कम्पनीमा काम गरेको अनुभव छ।


उनी आइसीआइसीआइमा दुई वर्ष काम गरेर चर्चित टेलिकम कम्पनी भोडाफोनमा गएकी थिइन। भोडाफोनामा तीन वर्ष काम गरे लगत्तै भारती एक्सा जनरल इन्स्योरेन्समा गएकी हुन्। आइसीआईसीआइमा आउनु पूर्व उनले कुमिन्स इन्डिया लिमिटेडमा काम गरेकी थिइन्।


बीमा र टेलिकम क्षेत्रमा उनको एक दशकभन्दा लामो अनुभव छ। उनले दिल्ली युनिभर्सिटीबाट एमबीए उत्तीर्ण गरेकी हुन्।

प्रतिकृया