एसियन गेम्स-२०२२: नेपालले छैटौँ विकेट गुमायो
प्रकाशित मिति
२०८० आश्विन १४ गते, आईतवार ०८:५२
असोज १४, २०८० काठमाडौं : एसियन गेम्स(२०२२ अन्तर्गत क्रिकेटमा आज नेपालले माल्दिभ्सविरुद्ध खेल्दै छ। चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा खेल नेपाली समय अनुसार बिहान पौने ७ बजेदेखि शुरु भएको हो।
माल्दिभ्सविरुद्ध नेपालले छैटौँ विकेट गुमाएको छ । रोहित पौडेल खेलको १८.३ औँ ओभरमा मात्र ५२ रन बनाएर आउट हुन पुगेका हुन् ।
नेपालले हालसम्म १९६ रन बनाएको छ । नेपालले यसअघि कुशल भुर्तेललाई ३५, आशिफ शेखलाई ६, विनोद भण्डारीलाई १३ तथा सन्दीप जोरालाई ५ रन र गुलशन झालाई ३५ रन बनाएर गुमाएको थियो । चीनमा जारी एसियाली खेलकुद अन्तरगतको आफ्नो दोस्रो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।
यो खेल जिते नेपाल समूह ए बाट क्वाटरफाइनलमा पुग्ने छ। यस समूहमा रहेको मंगोलियाले दुवै खेलमा हार बेहोरेर बाहिरिएको छ भने माल्दिभ्सले एक खेल जितेको छ।
यसपछि क्वाटरफाइनलका खेल अक्टोबर ३ र ४ मा हुनेछ। टी-२० फर्म्याटमा आयोजना हुने प्रतियोगिताको प्रत्येक समूहका शीर्ष टोली क्वाटरफाइनलमा पुग्नेछन्।
भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानले भने क्वाटरफाइनलमा सिँधै प्रवेश पाएका छन्। सेमिफाइनल अक्टोबर ६ मा हुनेछ। फाइनल र तेस्रो स्थानको खेल ७ अक्टोबरमा हुनेछ।







प्रतिकृया