
सुर्खेत जाँदै गरेकाे बस दाङमा दुर्घटना, २५ बढी यात्रु घाइते
प्रकाशित मिति
२०८० आश्विन ९ गते, मंगलवार १०:४२

असाेज ९, २०८०, दाङ : काठमाडौंबाट सुर्खेत जाँदै गरेकाे रात्री बस दाङमा दुर्घटनामा परेकाे छ । पूर्व-पश्चिम राजमार्गको लमही नगरपालिका- ९ शिवखाेलामा सुर्खेत जाँदै गरेकाे कर्णाली प्रदेश०२-००१ ख०३६२ नम्बरको को यात्रु बाहक बिहान ६ बजेतिर दुर्घटनामा परेकाे इलाका प्रहरी कार्यालय अमेलियाले जनाएको छ ।
दुर्घटनामा परी २५ जना भन्दा बढी यात्रु घाइते भएका छन्। बसका ४५ जना यात्रु सवार थिए । घाइतेहरुकाे उद्दार गरेर उपचारको लागि पठाउने काम भइरहेकाे छ ।
गम्भीर घाइतेहरुलाई उपचारको लागि लमही अस्पताल लगिएको छ। दुर्घटनाकाे कारण भने अझै खुलिसकेकाे छैन ।सुर्खेत जाँदै गरेकाे बस दाङमा दुर्घटना, २५ बढी यात्रु घाइते
प्रतिकृया