• ९ असोज २०८३, शुक्रबार
  • ३ः०३ दिउँसो

५.९८ अंकले घट्यो नेप्से

प्रकाशित मिति

२०८० आश्विन ८ गते, सोमबार ०४:२६

असोज ८, २०८० काठमाडौँ: साताको दोस्रो कारोबार दिन सेयरबजार ५.९८ अंकले घटेको छ । आज बजार ५.९८ अंकले घटेर २००४.४५ विन्दुमा अडिएको हो । बजार घटेसँगै कारोबार समेत खुम्चिएको छ । आज नेप्सेमा १ अर्ब ५६ करोडको कारोबार भएको छ । अघिल्लो कारोबार दिन नेप्सेमा २ अर्ब २२ करोडको कारोबार भएको थियो ।

National Life

घटेको बजामर ९३ कम्पनीको सेयरमूल्य घटेको छ भने १३० कम्पनीको बढेको छ। त्यसैगरी १० कम्पनीको स्थिर नै देखिएको छ । नेप्सेमा माइखोला हाइड्रोपावर कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । शुभम पावर कम्पनी र थ्रीस्टार हाइड्रोपावर कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।


सन नेपाल लाइफ कम्पनीको सर्वाधिक कारोबार भएको छ। आज सन नेपाल लाइफको ७ करोड ६८ लाखको कारोबार भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया