• २१ असोज २०८३, बुधबार
  • ८ः४३ बिहान

विश्व सम्पदा सूचीमा सूचीकृत स्थानहरुको सरसफाइ कार्यक्रम सम्पन्न

प्रकाशित मिति

२०८० आश्विन ७ गते, आईतवार ११:५०

असोज ७, २०८० काठमाडाैं : नेपाल प्रहरी श्रीमती संघले विश्व सम्पदा सूचीमा सूचीकृत स्थानहरूको सरसफाइ गरेको छ । ‘सेवा नै धर्म हो’ भन्ने मूल नाराका साथ संघको ‘सामाजिक उत्तरदायित्व क्रियाकलाप’अन्तर्गत विश्व सम्पदा सूचीमा सूचीकृत स्थानहरूको सरसफाई गरेको हो । शनिबार स्वयम्भू महाचैत्य विहार परिसर, स्वयंम्भूको सरसफाई तथा फोहोरमैला व्यवस्थापन गरिएको थियो ।

National Life

उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी पराजुली कुवंरको नेतृत्वमा श्रीमती संघका पदाधिकारीहरू, स्वयम्भू व्यवस्थापन तथा संरक्षण समितिका सदस्य, स्वयम्भू प्रहरी वृत्त, प्रहरी कर्मचारी, स्थानीय जनप्रतिनिधि तथा स्थानिय भद्रभलाद्मीहरूको सहभागितामा सम्पन्न भएको थियो ।


संघले यसअघि विश्व सम्पदा सूचीकृत पशुपति मन्दिर परिसरमा समेत सरसफाइ तथा फोहोर व्यवस्थापन कार्यक्रम आयोजना गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया