चितवनमा टाटाको नँया सो रुमबाट टियागो इभी र पन्चको विक्रीआरम्भ
प्रकाशित मिति
२०८० आश्विन ७ गते, आईतवार १२:०९
असोज ७, २०८० काठमाडौं : टाटा मोटर्सले आफ्ना उत्पादन विक्रीवितरणका लागि भरतपुमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गको भरतपुरका लागि आधिकारिक वितरक एसएचमोटर्सले शुक्रबार देखि शोरुम सञ्चालनमा ल्याएको हो ।
३,५०० वर्गफिट क्षेत्रफलमा फैलिएको एसएचमोटर्स भरतपुरको रिजालचोकमा अवस्थित रहेको छ। यहाँ टाटा मोटर्सका सम्पूर्ण रेन्जका कारहरु उपलब्ध हुनेछ । सोहि कार्यक्रममा नेपालमा भर्खरै सार्वजनिक गरिएका टाटा पन्च र टियागो इभीनामक दुई नँया गाडीहरुको विक्रिवितरण भरतपुरमा सुरु भएको छ । कार्यक्रममा सिप्रदीको तर्फबाट पेसेन्जर सेगमेन्ट गाडीका प्रमुख सावन्त जङ्ग सिजापति र एसएचमोटर्सका व्यवस्थापकीय प्रमुख निर्देशक शर्मिला सेढाइको उपस्थिति रहेको थियो ।
शोरुमको उद्घाटन समारोह बीचबोल्दै, सावन्तजङ्गसिजापतिले भन्नुभयो, “टाटा मोटर्सका लागि महत्पूर्ण मानिएको भरतपुर बजारमा यस प्रकारको उच्चस्तरीय शोरुम सञ्चालनले कम्पनीको ग्राहकलाई उच्च सुविधादिने हाम्रो प्रयत्नलाई सबल बनाएको छ । ग्राहकको सन्तुष्टि हाम्रो उच्चप्राथमिकताहो र सिप्रदी ट्रेडिङ्ग र एसएचमोटर्सको नेतृत्वमा यस शोरुमको सञ्चालनले यस क्षेत्रमाविक्री, सेवा र ग्राहक सन्तुष्टिको पाटोमानयाँआयामआउने कुरामाहामीविश्वस्त छौं ।”
एसएच मोटर्सका काव्यवस्थापकीय प्रमुख निर्देश सेढाइले कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागतगर्दै टाटाको नयाँशोरुम खोल्न पाउँदा र ग्राहकलाई उच्च स्तरको सेवा स्थनीय स्तरमै दिन पाउदा आफू खुशीभएको बताए ।
समुच्च जिपट्रन प्रविधिले सुसज्जित टियागो इभीपाँच स्तम्भहरुमाउभिएको छ र तिहुन् कार्य कुशलता, प्रविधि, विश्वास, चार्जिङ्ग र आरामअत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालितक्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प जस्ता विशेषताहरु यसमा छन् । यो गाडीको इन्टेरिएर र एक्स्टेरिएर दुवैको बनावट पनि उत्कृष्ट एवं आकर्षक छ ।
त्यसैगरी, टाटाको “न्यु फरेभर” रेञ्ज अन्तर्गतको पन्चको चार आधारस्तम्भहरु हुन् मनमोहक डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरिएर र पूर्ण सुरक्षा । पन्चहाल भारतीय बजारमा सबैभन्दा बढी विक्री भइरहेको सब कम्प्याक्ट एसयुभी रुपमा पनि परिचित छ ।
यी दुई गाडीहरुले चितवनका ग्राहकहरुको मन र मष्तिस्कमा अमित छाप छोड्ने टाटा मोटर्सको नेपाल स्थित एक मात्र अधिक्तितविक्रेता सिप्रदीले विश्वास लिएको छ ।
प्रतिकृया