• 5:47 pm

अप्पर लोहोरे खोलाको आईपीओ सूचीकृत, कति पायो ओपन रेञ्ज ?

प्रकाशित मिति

२०८० आश्विन ७ गते, आईतवार १२:३२

असोज ७, २०८० काठमाडौँ:  आइतवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीको कुल ५० लाख ९८ हजार ४० कित्ता साधारण शेयर सूचीकृत भएको हो ।


अव कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा भोलि अर्थात सोमवार देखि कारोबारमा आउनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता रू. ९७ दशमलव ८७ देखि २९३ दशमलव ६१ ओपन रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जको आधारमा कम्पनीको शेयर भोलि देखि कारोबारमा आउनेछ ।


कम्पनीले सर्वसाधारण ,वैदेशिक रोजगारीमा रहेका नेपाली,सामूहिक लगानी कोष, स्थानिय बासिन्दा र कर्मचारीहरुको लागि निष्कासन गरेको २४ लाख ९८ हजार ४० कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको २६ लाख कित्ता गरेर कुल ५० लाख ९८ हजार ४० कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।


साथै कम्पनीले शेयर सूचीकरण पश्चात दिनुपर्ने आरटिएस सेवा एनआईसी एशिया क्यापिटल लिमिटेड थापाथलीबाट हुने जानकारी गराएको छ । कम्पनीको स्टक सिम्बोल युएलएचसी रहेको छ ।

प्रतिकृया