• १० असोज २०८३, शनिबार
  • ८ः३९ राती

पत्रकारलाई तलब नदिने सञ्चारगृहविरुद्ध आन्दोलनमा उत्रिने महासंघको घोषणा

प्रकाशित मिति

२०८० भाद्र २९ गते, शुक्रबार ०५:००

भदौ २९, २०८० काठमाडौँ: नेपाल पत्रकार महासंघले श्रमजिवी पत्रकारहरुलाई समयमा तलब नदिने सञ्चारगृहविरुद्ध संघर्ष गर्ने भएको छ । शुुक्रबार महासंघका अध्यक्ष विपुल पोखरेलको नेतृत्वमा बसेको बैठकले श्रमजीवी पत्रकारको समस्याहरूको सुनुवाई नभए ती सञ्चारगृहविरुद्ध आवश्यकताअनुसार दबाबमूलक संघर्षका कार्यक्रमहरू चलाउने निर्णय गरेको हो ।

National Life

महासंघले कान्तिपुर मिडिया ग्रुप, राजधानी दैनिक, इमेज टेलिभिजन, अन्नपूर्ण पोष्ट, एपिवान टेलिभिजन र ग्यालेक्सी फोरके टेलिभिजनलगायतका सञ्चारगृहमा पछिल्लो समय देखिएको श्रमजीवी पत्रकारको समस्याप्रति ध्यानाकर्षण भएको बैठकको निष्कर्ष छ ।


नेपालीहरुको महान पर्व दशैँ नजिकिँदै जाँदा श्रमजिवी पत्रकारहरुलाई तलवविहीन बन्नु चिन्ताको विषय रहेको बताउँदै महासंघले भनेको छ, ‘श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका सवालमा सरकारको तर्फबाट खासै सक्रियता नदेखिनु र सञ्चारगृहबाट श्रमका सवालमा श्रमजीवी पत्रकारमाथि भइरहेको अन्याय झनझन चुलिइदै गइरहेकोप्रति बैठकले गम्भीर चिन्ता प्रकट गरेको छ । दसैंअगावै आफ्नो संस्थामा कार्यरत सबै श्रमजीवी पत्रकारहरूको बाँकी बक्यौतासहित श्रमजीवी पत्रकार ऐनले तोकेका सबै प्रकारका सेवा सुविधा उपलब्ध गराई सहज वातावरण निर्माण गर्न बैठक सबै मिडिया व्यवस्थापन पक्षसँग हार्दिक आग्रह गर्दछ ।’

Classic Tech Mobile
Classic Tech Desktop

महासंघले श्रमजिवी पत्रकारको समस्या थप जटिल बन्न नदिन केन्द्र, प्रदेश र शाखाहरूमार्फत् श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था र श्रमजीवी पत्रकारको श्रम समस्याका सवालमा भइरहेको क्रियापकलापको मिडिया अनुगमन निणर्य समेत गरेको छ । साथै बैठकले जटिल समस्या देखिएका सञ्चारगृहविरुद्ध तत्काल दबाबमूलक संघर्ष अघि बढाउने निणर्य गरेको छ । महासंघले सम्पूर्ण शाखा, एसोसिएट तथा प्रदेश समितिलाई अनुगमन कार्यलाई निरन्तरता दिँदै जटिल समस्या देखिएका सञ्चारगृहमा घेराउ, धर्ना, अनशनसहित संघर्षका विविध कार्यक्रम अघि बढाउन समेत आग्रह गरेको छ ।

प्रतिकृया