राजतन्त्र पुनर्स्थापनाको माग गर्दै राप्रपा नेपालले गर्यो प्रदर्शन
प्रकाशित मिति
२०८० भाद्र २९ गते, शुक्रबार ०४:१०

भदौ २९, २०८० काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले आज काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । कमल थापा नेतृत्वको राप्रपा नेपाल भर्खरै संवैधानिक राजतन्त्रको एजेन्डामा फर्किएपछि काठमाडौँमा प्रदर्शन गरेको हो ।
संवैधानिक राजतन्त्रको पुनर्स्थापना, हिन्दू राष्ट्रको माग र संघीयताको खारेजी तथा भ्रष्टाचारको विरोधमा राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गरेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार शुक्रबार दिउँसो १ बजे भद्रकालीबाट प्रदर्शन सुरु भएको प्रदर्शन भृकुटीमण्डपमा आएर विरोधसभामा परिणत भएको छ । उक्त सभालाई अध्यक्ष थापालगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रतिकृया