• 8:06 am

मन्त्रिपरिषदको बैठक बस्दै

प्रकाशित मिति

२०८० भाद्र २९ गते, शुक्रबार ११:३८

भदौ २९, २०८० काठमाडौँ: आज मन्त्रिपरिषदको बैठक बस्दै छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषदको बैठक बोलाएका हुन् । आज अपराह्न ४ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको हो । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने छ ।


संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड शनिबार न्युयोर्क जानु अघि, सो भ्रमणका ऐजेन्डा र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।

प्रतिकृया