• २१ असोज २०८३, बुधबार
  • ९ः१२ बिहान

‘नाडा अटो शो २०२३’ आज तेस्रो दिन, फोटो फिचर

प्रकाशित मिति

२०८० भाद्र २८ गते, बिहीबार ०५:०१

भदौ २८, २०८० काठमाडौँ: अटो व्यवसायीको कुम्भमेला ‘नाडा अटो शो २०२३’ आज तेस्रो दिन नयाँ सवारी साधन बुझ्न आउने सर्वसाधारणको भीड बाक्लो रूपमा लागेको छ । १५औं संस्करणको नाडा अटो शो राजधानीको भृकुटीमण्डपमा सुरु भएको हो । १ सय २० स्टल रहेको शो भदौ ३१ सम्म सञ्चालन हुनेछ। शोमा ७५ हजार दर्शकले अवलोकन गर्ने आयोजक नाडाको अपेक्षा छ।

National Life

प्रत्येक वर्ष नाडा अटो शोमा सहभागी सस्था तथा अवलोकनकर्ताको चाप बढ्दै गइरहेका सन्दर्भमा शोले सवारीसाधनलाई विलासितामात्र नभई सर्वसाधारणको जीविकोपार्जनका लागि चाहिने अत्यावश्यक साधनका रूपमा चित्रण गर्न सहयोग पुग्ने आयोजकको भनाइ छ।


शोमा ठूला तथा साना गरी करिब १ सय २० स्टल र ब्लक रहेका छन्। शोमा प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका सवारीसाधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकको सहभागिता रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया