• 1:37 am

एकीकृत समाजवादीमा जिम्मेवारी हेरफेर

प्रकाशित मिति

२०८० भाद्र २८ गते, बिहीबार ०४:२०

भदौ २८, २०८० काठमाडौँ: नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय केन्द्रीय कमिटीको कार्यविभाजनमा केही हेरफेर गरेको छ । अध्यक्ष माधवकुमार नेपालले आज जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा संघीयनिर्वाचन क्षेत्रसम्म केन्द्रीय कमिटीका सदस्यलाई इन्चार्ज बनाउने गरी कार्यविभाजन गरिएको उल्लेख छ ।


अध्यक्ष नेपालले समग्र पार्टी कामको नेतृत्व गर्ने र महासचिव घनश्याम भुसालले समग्र साङ्गठनिक कामको अनुगमन र मोर्चा सङ्गठनका कामको विशेष अनुगमन गर्ने छन् । सम्मानित नेता झलनाथ खनाललाई विदेश विभाग प्रमुख, उपाध्यक्ष प्रमेश हमाललाई विदेश विभाग उपप्रमुखको जिम्मेवारी दिइएको छ ।


त्यस्तै, संगठन विभाग प्रमुखको जिम्मेवारी उपाध्यक्ष बेदुराम भुसाल, उप्रप्रमुख उपमहासचिव प्रकाश ज्वाललाई दिइएको छ । उपाध्यक्ष राजेन्द्र पाण्डेलाई संघीय संसदीय विभाग र राजकीय मामिला विभागको जिम्मेवारी दिइएको छ ।


त्यस्तै, स्कुल विभाग प्रमुखको जिम्मेवारी प्रमेश हमाललाई दिइएको छ ।

प्रतिकृया