एसियन गेम्सका लागि भारतीय फुटबल टिमको घोषणा

प्रकाशित मिति

२०८० भाद्र २८ गते, बिहीबार ०२:२१

sunil1

भदौ २८, २०८० एजेन्सी : यसै महिना चीनको हाङ्झाउमा हुने एसियाली खेलकुदका लागि भारतीय पुरुष फुटबल टोलीको घोषणा गरिएको छ । अल इन्डिया फुटबल फेडरेशनले बुधबार १८ सदस्यीय पुरुष टोलीको घोषणा गरेको हो ।


एसियाली खेलकुदमा यू–२३ फुटबल टोलीले मात्रै प्रतिस्पर्धा गर्नेछन् । जसमा सबै टिमबाट ३ सिनियर खेलाडीले मात्रै सहभागिता जनाउन पाउनेछन् । यसअघि अगस्ट १ मा २२ सदस्यीय भारतीय टोली छनोट गर्दा तीन सिनियर खेलाडी समावेश गरिएको थियो ।


सिनियर खेलाडीमा सन्देश झिंगान, गुरप्रीत सिंह सन्धु र सुनिल क्षेत्री थिए तर अहिले क्षेत्रीले मात्रै स्थान पाएका छन् ।


छ समुहमा विभाजन गरी २३ टोलीको सहभागिता रहेको प्रतियोगितामा समुह ए, बी, सी, ई र एफ मा ४/४ टिम र समुह डी मा ३ टिम रहेका छन् । भारतको पुरुष टोली आयोजक चीन, बंगलादेश र म्यानमारसँगै समूह ए मा परेको छ ।

list

प्रतिकृया