• 10:36 pm

नीजगढमा बस दुर्घटना हुँदा एकको मृत्यु, १५ जना घाइते

प्रकाशित मिति

२०८० भाद्र २७ गते, बुधबार ०१:००

भदौ २७, २०८० वीरगञ्ज : पूर्व-पश्चिम लोकमार्गअन्तर्गत बाराको निजगढमा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १५ जना यात्रुहरू घाइते भएका छन् । मंगलबार लोकमार्ग अन्तर्गत निजगढ नगरपालिका-८ धनसारपुलस्थित मलङगवाबाट नारायणघाट तर्फ जाँदै गरेको म.प्र.०३-००१ ख ९३९६ नम्बरको बस दुर्घटना भएको थियो।


दुर्घटनामा परी सर्लाही हेमपुर नगरपालिका-४ कबिलासी बस्ने बर्ष ५३ को रामकेवल रायको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिए । बसमा सवार भएका १५ जना यात्रु घाइते भएको उनले बताए ।


बसका चालक सर्लाही मलङगवा नगरपालिका-९ बस्ने मनोज चौधरी, सहचालक महोत्तरी खयरमारा नगरपालिका-६ बस्ने सुमन तोलाङगी र कन्डकटर सर्लाही मलङगवा नगरपालिका-९ बस्ने शिवजी राउतलाई प्रहरीले नियन्त्रणमा लिइ घटनाको समबन्धमा थप अनुसन्धान गरिरहेको डिएसपी न्यौपानेले जानकारी दिए ।

प्रतिकृया