अभिभावकजस्तै थिए सुवास नेम्वाङ : गगन थापा
प्रकाशित मिति
२०८० भाद्र २६ गते, मंगलवार १२:१७

भदौ २६, २०८० काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेका उपाध्यक्ष, संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध तुल्याएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन् ।
“संविधान सभा अध्यक्ष हुँदा संविधान निर्माणमा सहमति र सहकार्यका लागि उहाँले गरेको समन्वयकारी भूमिका सदा स्मरणीय रहनेछ । म संविधान सभा सदस्य हुँदा र अहिले पनि अभिभावकजस्तै भएर संसदीय अभ्यास र प्रक्रियाका सन्दर्भमा कैयन् विषयमा मलाई सिकाउने, बुझाउने सुवास दाइको अभाव सधैँ खड्किनेछ,” थापाले सामाजिक सञ्जालमार्फत् भनेका छन् ।
प्रतिकृया