• २१ असोज २०८३, बुधबार
  • ९ः२२ बिहान

ललितानिवास प्रकरणमा पक्राउ परेका आरोपीहरूलाई धरौटीमा छाड्न आदेश, कोसँग कति ?

प्रकाशित मिति

२०८० भाद्र २४ गते, आईतवार ०४:४०

भदौ २४, २०८० काठमाडौँ: ललिता निवास प्रकरणमा जिल्ला अदालत काठमाडौंले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ।

National Life

जिल्ला अदालत काठमाडौंमा न्यायाधीश भोलानाथ ढकालको इजलासले गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो। थुनामा रहेका १८ जनामध्ये एक जनालाई अदालतले साधारण तारेखमा रिहा गर्न आदेश गरेको छ भने बाँकी १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।


केशव तुलाधर साधारण तारेखमा रिहा भएका छन् । केशव तुलाधर साधारण तारेखमा रिहा भएपनि शिवजी भट्ट ३ लाख ३० हजार, रुद्र कुमार श्रेष्ठ ७ लाख ५० हजार, बालकृष्ण श्रेष्ठ ७ लाख ५० हजार, कलाधर देउजा १५ लाख, घमन कुमार कार्की ७ लाख ५० हजार, गोपाल कार्की ७ लाख ५० हजार, विनोद पौडेल– १५ लाख, योगराज पौडेल– ७ लाख ५० हजार, नारायणराज मिश्र –७ लाख ५० हजार, अरुण कुमार श्रेष्ठ ७ लाख ५०, ध्रुव प्रसाद अर्याल –३ लाख ३० हजार, बाबुराजा महर्जन १ लख १० हजार, देवनारायण महर्जन १ लाख १०, सकलानन्द महर्जन १ लाख १० हजार, सञ्जय कुमार महर्जन १ लाख १० हजार र लोकरि घिमिरेलाई ७ लाख ५० हजार धरौटी माग गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया