• २१ असोज २०८३, बुधबार
  • ९ः२२ बिहान

हरितालिका तीज विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

प्रकाशित मिति

२०८० भाद्र २३ गते, शनिबार १२:३२

भदौ २३, २०८० काठमाडौँ: नेपाल प्रहरी श्रीमती संघद्वारा आयोजित हरितालिका तिज २०८० को अवसरमा विशेष शुभकामना आदान प्रदान कार्यक्रम शुक्रबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सम्पन्न भएको छ । सो अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले सम्पूर्णमा तीजको शुभकामना व्यक्त गर्दै आपसी सद्‍भाव कायम राख्न सहयोग पुगोस् भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

National Life

यसले आफ्नो धर्म, संस्कृतिको जगेर्ना गर्न र सद्‍भाव वृद्धि गर्न योगदान पुर्‍याउने विश्चास उहाँले व्यक्त गर्नुभयो । सोही अवसरमा संघका पदाधिकारी तथा सदस्यहरूद्वारा कविता वाचन, नृत्य लगायतका विविध सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिएको थियो ।


कार्यक्रममा निजामती कर्मचारी श्रीमती संघकी अध्यक्ष श्रीमती अन्जना अर्याल, सैनिक श्रीमती संघकी अध्यक्ष श्रीमती सुनिता शर्मा, सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याल, नेपाल प्रहरी श्रीमती संघकी संस्थापक अध्यक्ष श्रीमती बसुन्धरा लामा, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु तथा पूर्व पदाधिकारीहरू, केन्द्रका कार्यकारिणी समितिका पदाधिकारीहरु तथा सदस्यहरू लगायत आमन्त्रित अतिथिहरूको उपस्थिति रहेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया