• २१ भदौ २०८३, आइतबार
  • ४ः४० बेलुका

विनायकका विद्यार्थी घिन्ताङ घिसिङ नाचका साथ नगर परिक्रमा

प्रकाशित मिति

२०८० भाद्र २१ गते, बिहीबार ०१:०१

भदौ २१, २०८० काठमाडौँ: हाम्रो संस्कृति: हाम्रो पहिचान, हाम्रो कला: हाम्रो स्वाभिमान भन्ने नारालाई जिवन्तता प्रदान गर्न तथा स्थानीय पाठ्यक्रमको शैक्षिणिक उद्देश्य सार्थक पार्न मध्यपुर ठिमीमा अवस्थित विनायक शिक्षा निकेतन ई. स्कूलले यही २०८० भाद्र २० गतेका दिन घिन्ताङ-घिसिङ नृत्यका साथ मध्यपुर ठिमी नगर‌का केही ठाउँहरु परिक्रमा गन्यो । विद्यार्थीहरुलाई आफ्नो सांस्कृतिक परिचय दिने तथा स्थानीय पाठ्यक्रमको उद्देश्य अनुसार आयोजना गरिएको उक्त कार्यक्रममा कक्षा ४,५,६,७,८ मा अध्ययनरत विद्यार्थीहरु आ-आफ्नो पहिचान झल्कने सांस्कृतिक पोशाकमा उपस्थित भएको कुरा विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले बताउन भयो ।

National Life

विनायक इन्ट्रयाक्ट क्लव तथा विनायक सांस्कृतिक समूहको संलग्नतामा गरिएको उक्त कार्यक्रममा मध्यपुर ठिमीका वाद्य गुरू एवम नृत्य निर्देशकको अगवाइमा करिव २५० जना विद्यार्थीको टोलीले ठिमीको भुलाँखेल, चोडे, दुई पोखरी, बालकुमारी, चपाचो बहारवा बजार र पाटी बिहार हुदैं विभिन्न ठाउँहरु परिक्रमा गरेको थियो। सो कार्यक्रममा सहभागीलाई बधाई तथा शुभकामना दिँदैं विद्यालयका प्रिन्सियल सुरेन्द्र विक्रम प्रभापतिले विद्यार्थीहरुलाई आफ्ना ‘मौलिक पर्व, संस्कृति र भेषभुषाको, जानकारी दिन तथा त्यसमा रमाउदै सांस्कृतिक उत्थान गर्न विद्यार्थी हरु सक्षम बन्न सकुन भनी स्थापनाकाल देखि नै विद्यालयले नयाँ सोचका साथ प्रगतिशील शिक्षा प्रदान गर्न प्रयासरत रहेको कुरा बताउनु भयो ।


साथै सोही दिन कक्षा नर्सरी देखि ३ सम्मका विद्यार्थीहरुले श्रीकृष्णाष्टमी पर्वको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाएर सांस्कृतिक पर्वको महिमा र महत्व वारे ज्ञान हासिल गर्न सफल भएका थिए ।

Classic Tech Desktop

प्रतिकृया