• 6:56 am

चन्द्रमामा अक्सिजन रहेको पुष्टि, चन्द्रयान-३ ले पठायो महत्वपूर्ण जानकारी

प्रकाशित मिति

२०८० भाद्र १३ गते, बुधबार १०:५१

भदौ १३, २०८० एजेन्सी : भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा पठाएको चन्द्रयान-३ ले महत्वपूर्ण जानकारी पठाएको छ । भारतीय अन्तरीक्ष एजेन्सी इसरोले चन्द्रयान-३ को रोभरमा रहेको उपकरणबाट धेरै महत्त्वपूर्ण जानकारी पाएको जनाएको छ । इसरोका अनुसार चन्द्रमाको दक्षिणी ध्रुवमा सल्फर, अक्सिजनलगायत धेरै पदार्थको उपस्थिति पुष्टि भएको छ ।


इसरोले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै भनेको छ, “प्रारम्भिक विश्लेषणले चन्द्रमाको सतहमा एल्युमिनियम, सल्फर, क्याल्सियम, फलाम, क्रोमियम र टाइटेनियमको उपस्थिति पुष्टि गरेको छ ।” यसरोले थप अनुसन्धानले त्यहाँ म्याङ्गनीज, सिलिकन र अक्सिजनको उपस्थिति पत्ता लगाएको बताएको छ। हाइड्रोजनको उपस्थितिबारे अनुसन्धान भइरहेको छ ।


यसअघि चन्द्रमाको दक्षिणी ध्रुवमा पठाइएको भारतको चन्द्रयान मिशनको रोभर ‘प्रज्ञान’ले पृथ्वीमा बसोबास गर्ने मानिसलाई सन्देश पठाएको थियो । यो सन्देशमा प्रज्ञानले आफू र उनका साथी विक्रम (ल्यान्डर) दुवै अहिले ठीक रहेको बताएका छन् ।


अगस्ट २३ मा भारतले चन्द्रयान–३ मिशनलाई चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेर इतिहास रचेको थियो । भारत दक्षिण ध्रुवमा अवतरण गर्ने पहिलो देश हो ।

प्रतिकृया