संसदमा प्रचण्डको जवाफ– भ्रष्टाचारमा प्रधानमन्त्री पनि अनुसन्धानमा आउँछ भने छाड्न आवश्यक छैन
प्रकाशित मिति
२०८० भाद्र १२ गते, मंगलवार १२:२०
भदौ १२, २०८० काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारमा प्रधानमन्त्री पनि अनुसन्धानमा आउँछ भने छाड्न आवश्यक नरहेको बताएका छन् । संसदमा प्रश्नोत्तर कार्यक्रममा उनले भने, ‘प्रधानमन्त्री पनि अनुसन्धानमा आउँछ भने छाड्न आवश्यक छैन । मेरो पार्टीको नेताको त के कुरा ।’
उनले कुर्सीमा टिक्न भ्रष्टाचारको मुद्दा नझिकिएको बताए । भुटानी शरणार्थी प्रकरणलगायतका प्रकरण निष्पक्ष छानबिन भइरहेको उनले दाबी गरे । छानबिनले जनतामा आशा पलाएको उनको भनाइ छ ।
दबाबरहित निष्पक्ष छानबिन अगाडि बढाएकै कारण सुशासन सम्भव छ भन्ने जनतामा परेको भन्दै उनले भने, ‘कसैलाई बचाउने वा अफ्ठ्यारोमा पार्ने नियतले काम गरेका छैन ।’
‘कसैलाई बचाउने र कसैलाई अफ्ठ्यारेमा पार्ने काम भएको छैन,’ उनले भने । दोषी कोही नछुट्न र निर्दोष नफस्ने गरी अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइएको उनले जनाए ।
प्रतिकृया