नोक्सानी सुधार्दै बुद्धभुमि नेपाल हाइड्रोपावर १ करोडभन्दा बढी नाफामा
प्रकाशित मिति
२०८० भाद्र १२ गते, मंगलवार १२:०६
भदौ १२, २०८० काठमाडौँ: गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले १ करोड ११ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म १ करोड ४६ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले गत वर्ष भने नोक्सानी सुधार्दै खुद नाफा गर्न सफल भएको हो ।
गत वर्ष कम्पनीको विद्युत विक्री आम्दानी बढेकाले खुद नाफा गर्न सफल भएको हो । अघिल्लो वर्ष १ करोड ३६ लाख रूपैयाँभन्दा बढीको विद्युत विक्री गरेको कम्पनीले गत वर्ष १ करोड ६४ लाख रूपैयाँभन्दा बढीको विद्युत विक्री गरेको हो । अघिल्लो वर्ष वित्तीय खर्च नगरेको कम्पनीले गत वर्ष भने ८ करोड २ लाख रूपैयाँभन्दा बढी वित्तीय खर्च गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ४० करोड रूपैयाँ रहेको छ भने रिटेन्ड अर्निग ४ करोड ९२ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ ।
दिर्घकालिन कर्जा ९५ करोड ६३ लाख ५९ हजार रूपैयाँ रहेको कम्पनीको अल्कालिन कर्जा २ करोड २१ लाख रूपैयाँभन्दा बढी रहेको छ । गत चौथो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी २ रूपैयाँ ७८ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ९१ रूपैयाँ २ पैसा छ ।
प्रतिकृया