• 8:18 pm

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि ९ जनाको आवेदन

प्रकाशित मिति

२०८० भाद्र ११ गते, सोमबार ०४:००

भदौ ११ २०८०, काठमाडौं : राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि ९ जनाको आवेदन दिएका छन् । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले आह्वान गरेको समयभित्र ९ जनाले आवेदन दिएका हुन् ।


आवेदन दिनेमा प्रा.डा. संगिता सिंह भण्डारी, प्रा.डा. सुमन कुमार श्रेष्ठ, डा. प्रविण मिश्र, प्राडा पियुष दाहाल, डा. विधाननिधि पौडेल, प्रा.डा. श्रीकृष्ण गिरी, डा.प्रमोदकुमार यादव, डा. अन्जनीकुमार झा र प्रा.डा. मनेन प्रसाद गोर्खाली रहेका छन् ।


आवेदन दिएका डा.वीरेन्द्रप्रसाद यादवको आवेदन भने अस्वीकृत गरिएको छ । उनले पेश गरेको कागजात र स्वयम्ले पेश गरेको वैयक्तिक विवरणमा उल्लेखित अनुभवको अवधि गणना गर्दा राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा २४ बमोजिमको बीस वर्षको कार्यनुभव पूरा नभएको नदेखिएकाले दरखास्त अस्वीकृत गरिएको समितिले जनाएको छ ।

प्रतिकृया