• 7:15 pm

उद्योग वाणिज्य समितिको सभापतिमा जनमतका खान निर्विरोध निर्वाचित

प्रकाशित मिति

२०८० भाद्र ११ गते, सोमबार ०४:१६

भदौ ११, २०८० काठमाडौँ :  प्रतिनिधिसभा अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता समितिको सभापतिमा जनमत पार्टीका सांसद अब्दुल खान निर्विरोध निर्वाचित भएका छन् ।


सोमबार भएको समितिको सभापतिको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवारी फिर्ता लिएपछि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति पनि निर्विरोध निर्वाचित भएका हुन् ।


रास्वपाका उम्मेदवार गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान सर्वसम्मत सभापति चुनिएका हुन्।


आइतबार संसद्को १० वटा संसदीय समितिहरुको सभापतिको लागि मनोनयन दर्ता भएको थियो । जसमा प्रतिनिधि सभाका ९ वटा विषयगत समितिको सभापति आइतबार नै निर्विरोध भइसकेका छन्। रास्वपा र जनमतको उम्मेदवारी परेपछि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति मा मात्रै निर्वाचन हुन लागेको थियो।


यसैबीच समितिको बैठक अर्को सूचना नआउँदा सम्मका लागि स्थगित भएको छ ।

प्रतिकृया