• 7:38 pm

समीक्षा अधिकारीको स्वरमा तीजको गीत ‘जोवन ढलढल’ सार्वजनिक (भिडियोसहित)

प्रकाशित मिति

२०८० भाद्र ८ गते, शुक्रबार १२:३१

भदौ ८, २०८० काठमाडौँ: हिन्दु नारीहरुको महान चाड तीज नजिकदै गर्दा तीज गीतको भिडियो सार्वजनिक हुने क्रम पनि बढी रहेको छ । यसै क्रममा गायक सन्दीप न्यौपाने र गायिका समीक्षा अधिकारीको स्वर रहेको गीत ‘जोवन ढलढल’ सार्वजनिक भएको छ ।


नयाँ नेपाली तीज गीतमा नेत्र अर्यालको शब्द, श्रीधर अधिकारीको संगीत, केशव बडुको एरेन्ज तथा कुमार रानाको मिक्सिङ र मास्टरिङ छ । जेरी भण्डारीको कोरियोग्रफी तथा निर्देशन रहेको भिडियोमा सन्दीप न्यौपाने, उषा उप्रेती, सुस्मिता कोइराला र शिबु खनाल फिचर्ड छन् । डान्सिङ नम्बरको गीतमा कलाकारहरु निकै झुमेका छन् ।


भिडियोमा अमर रावलको सहायक कोरियोग्राफी, राजेश घिमिरेको छायांकन, मनोज कार्कीको सम्पादन र कलर, सीता मगरको मेकअप छ । गीतको भिडियो गायक न्यौपानेको आफ्नै च्यानलबाट सार्वजनिक गरिएको हो । गायक सन्दीपको यसअघि ‘लालुमै’, ‘सान्नानी’, ‘दिलमाया’ लगायतका गीत चलेका गीतमा पर्छन् । गायक न्यौपानेले केही समय अघि नयाँ गीत ‘पान पाते ओठ’ सार्वजनिक गरेका थिए ।


गीत सार्वजनिक भएसँगै गायक न्यौपानेले महिलाहरूको महान चार्ड तीजको सांस्कृतिक धर्म निर्वाह गर्नका लागि पनि आफूले यसरी गीत हरेक तीजमा ल्याउने गरेको बताए । ‘जोवन ढलढल’ले तीजको समयमा नाच्ने माहोल बन्ने न्यौपानेले बताए ।

प्रतिकृया